gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीदरबार गाउँपालिकामा ५९ वटा पसलहरु कारवाहीमा

अनिल खत्री
२७ असोज, गुल्मी । गुल्मीदरबार गाउँपालिकामा ५९ वटा पसलहरु कारवाहीमा परेका छन् । गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, औषधी पसल, होटललगायतको अनुगमन गरेको छ ।

अनुगमनको क्रममा म्याद गुज्रेका सामग्री विक्री वितरणको लागि राखिएका ५९ वटा पसलहरुबाट सामग्री जफत गरी जरीवाना रकम असुल गरिएको छ । प्रथम पटकको लागि ५ सय जरिवाना रकम लिईएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

चाडपर्वमा हुनसक्ने कालो बजारी तथा म्याद गुज्रेका सामाग्री बितरणमा रोक लगाउने उदेश्यले गाउँपालिकाले बजार अनुगमन गर्न सुरु गरेको छ । गाउँपालिका उपाध्यक्ष मीना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, सुरक्षाकर्मी, पत्रकार सहितको उपस्थितिमा गाउपलिकाका कर्मचारीहरुको भिन्न–भिन्न समूह निर्माण गरी बजार अनुगमन गरिएको हो ।

बजार अनुगमनको क्रममा शहरी र ग्रामीण क्षेत्रका २ सय २१ वटा विभिन्न पसलहरुमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए । अनुगमनको क्रममा म्याद गुज्रेका खाध्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ, म्याद गुर्जेका पेन्टहरु, टुथ पेस्टहरू, विद्यालयको १ सय मिटरको क्षेत्र भित्रका पसलहरुबाट चुरोट तथा सूर्तिजन्य सामग्रीहरू भेटिएकाले अनुगमन टोलीले जफत गरेको पाण्डेयले बताए ।

करिब २ लाख बराबरको म्याद गुज्रेका सामग्रीहरु जफत गरिएको छ । ती सबैलाई सरोकारवालाहरु सबैको रोहवरमा नष्ट गरिने गाउँपालिकाले जनाएको छ ।

पालिकाभित्र सञ्चालनमा रहेका व्यवसाय दर्ता नगरी संचालन गरेका व्यवसायहरु तथा नविकरण नगरेका पसलहरुलाई सात दिन भित्र व्यवसाय दर्ता तथा नविकरणको लागि पत्र समेत काटिएको छ । दर्ता नगरेका सम्पूर्ण व्यवसायीहरुलाई असोज महिनासम्म दर्ता गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

अनुगमनको क्रममा बाँकी रहेका र बन्द भएका बजार क्षेत्र र ग्रामीण क्षेत्रका पसलहरूको पनि जुनसुकै समयमा अनुगमन हुने गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D