gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीको रेसुंगा गौशालाबाट अर्क (गहुँत) संकलन र प्रसोधन सुरु

टोपलाल अर्याल
गुल्मी, १७ असोज
रेसुंगाको गौशालाबाट अर्क (गौ मुत्र) संकलन, प्रसोधन तथा बिक्री वितरणको काम सुरु गरिएको छ । २०४२ सालबाट योगी नरहरी नाथले रेसुंगा यज्ञशालामा कोटी होमको माध्यमबाट संकलन भएका २६ वटा गाइका बाच्छिहरुबाट गौशाला सुरु गरिएको थियो । अहिले लक्ष्मी जातका एक सय ५० बढि गाइहरु गौशालामा छन् । रेसुंगा संरक्षण समितिले गाईहरुको संरक्षण र व्यावस्थापनको काम गरिरहको छ ।

यो बर्षबाट गौ मुत्र अर्थात गहुँत संकलन, प्रसोधन र बजारिकणको काम थालिएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेश भुसालले जानकारी दिए । अहिले दैनिक २० लिटर गो मुत्र संकलन र प्रसोधन गरिएको छ । गौ मुत्र काठमाण्डौ प्रयोगशालाबाट परिक्षण समेत गरिएको छ । परिक्षण क्रममा रेसुंगाको जंगलमा पाइने विभिन्न थरीका दुर्लभ जडीवुटीहरु खाएका, चिसो र अग्लो ठाउँमा चरेका स्थानीय जातका गाईहरुको गो मुत्र देशका अरु गौशालामा भन्दा उत्कृष्ट पाइएको भुसालले दाबी गरे । उत्पादित गो मुत्र अहिले देशमा विभिन्न आश्रमहरुमा पठाइएको छ ।

रेसुंगा संरक्षण समितिका अनुसार प्रसोधित गो मुत्र केहि दिनमा लेवलिङ गरेर बजार पठाउने योजना रहेको छ । गौशालामा गो मुत्रलाई संकलन तथा प्रसोधन गरेर औषधी र धार्मिक कार्यको लागि बजारिकरणको काममा तारागाउँ विकास समितिका प्रमुख झविन्द्र ज्ञवालीले गरेका छन् । उनी स्वर्गद्धारी आश्रमका संरक्षक भागवतानन्द गिरीका भक्त हुन् । ज्ञवालीकै पहलमा दाताहरुबाट संकलन गरेका केहि रकमबाट ६० लाख रुपैयाको लागतमा गौशाला व्यावस्थापन, गोपालहरुको वासस्थान र गाइलाई दर्शन गर्न आउने दर्शनार्थीहरुलाई बस्ने व्यावस्थासहितको काम भइरहेको संरक्षण समितिका सचिवले मोति खनालले बताए । गौशालामा कार्तिक औसीमा ठुलो मेला लाग्ने गर्दछ ।

यो बर्ष ‘गो’ महोत्सवको आयोजनाको गर्ने, गो मुत्र प्रसोधनको लागि अझै अत्याधुनिक मेसिन ल्याउने, गाई र गड्यौलाको मल बनाउने प्रविधि ल्याउने योजना रहेको रेसुंगा संरक्षण समितिका सचिव मोति खनालले बताए । भागवतानन्द स्वामीकै पहलमा भक्त झविन्द्र ज्ञवाली, समृति मल्ल र राजु मल्ल लगायतका व्यक्तिहरुले रिडी बगरका गाइहरुको व्यावस्थापन र रेसुंगा गौशालामा गो मुत्र संकलन तथा प्रसोधनको काम पनि गरिरहेका छन् । भागवतानन्दको पहलमा रिडीको बगरमा अलपत्र एक सय १६ गाईलाई नजिकैको कुसेनी भन्ने स्थामा करिव ५० रोपनी जग्गा खोजेर व्यावस्थापन गरिएको गो संरक्षण अभियानका अभियान्ता समेत रहेका झविन्द्र ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार केहि समयमा रेसुंगा गौशालामा तीन÷चार हजार स्थानीय जातका गाई पाल्ने र गो मुत्रबाट औषधी र गोवरबाट अगरबत्ति लगायतका सामग्री उत्पादन गरिने छ । जसका लागि देशभरका गाइभक्तहरुसंग सम्पर्क गर्ने काम भएको ज्ञवालीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D