gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीको राँगेढुंगामा बन्यो बिश्वकर्माको मन्दिर

अनिल खत्री
३० भदौ, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घास नजिकै राँगेढुंगामा बिश्वकर्मा बाबाको मन्दिर निर्माण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ स्थित राँगेढुंगा भन्ने स्थानमा बिश्वकर्मा बाबाको मन्दिरको पुनः मर्मत गरेर निर्माण गरिएको हो ।

मन्दिर निर्माण गरिएको स्थानमा पहिले रहेको मन्दिर जीर्ण बन्दै गएपछि पुनः आकर्षक तरिकाले निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । जिल्लाका बिभिन्न स्थानमा चल्ने सवारी साधनहरुका चालक तथा सवारी धनीबाट संकलन गरेर २०५८ सालमा मन्दिर निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

मन्दिर पुरानो हुँदै जीर्ण बन्न थालेको थियो । मन्दिर जीर्ण बन्न थालेपछि स्थानीयले सहयोग संकलन गरेरै खानेपानी, प्रतिक्षालय भवन र मन्दिरलाई नयाँ स्वरुप दिएर आकर्षक बनाइएको छ ।

मन्दिरमा विश्वकर्मा बाबाको पूजाको अबरमा बिशेष पूजा गरिने गरिन्छ । भने अन्य दिन दैनिक जसो पूजा हुनुका साथै नयाँ तथा पुराना सवारी साधन किनेमेल गर्नेहरु पूजा गर्नको निम्ति मन्दिरमा लैजाने गर्दछन् ।

राँगेढुंगामा धार्मिक अस्थाका आधार विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिएको हो । जहाँ पूजा गर्नाले सवारी साधन राम्रोसँग चल्ने, फलिफाप हुने मान्यता रहि आएको छ ।

निकै जोखिम पूर्ण सडक रहेको स्थानमा सवारी साधनहरु दुर्घटनामा नपरुन भन्ने बिश्वासका साथ मन्दिर निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए । मन्दिरको पुनः निर्माण गर्न अहिलेसम्म १६ लाख जति खर्च भइसकेको छ ।

मन्दिर मर्मत तथा पुनः निर्माणको लागि रेसुङ्गा नगरपालिकाबाट १ लाख ३० हजार सहयोग भएको थियो । भने अन्य रकम बिभिन्न व्यक्तिहरुको सहयोगमा निर्माण कार्य गरिएको रकम संकलन गरिहेका स्थनीय झबि पाण्डेले बताए ।

मन्दिर पुनः निर्माणको लागि निर्माण कार्यको अनुगमन गर्न समतिका उपाध्यक्ष राजु पछाईलाई जिम्मा दिइएको छ । बिभिन्न व्यक्तिहरुसँग आर्थिक संकलन गर्ने कार्यको लागि स्थानीय तथा व्यवसायी झबी पाण्डे गर्दै आएका छन् ।

जसअनुसार काम हुँदा रकम जुटाउने र निर्माण गर्ने कार्यले अन्तिम रुप आएको छ । आर्थिक रकम जुटे बिश्वकर्मा बाबाको मन्दिरसँगै अरु मन्दिर संरचनहरु पनि निर्माण गरिने अध्यक्ष श्रेष्ठले बताए ।

जहाँ राँगाको आकारको मुर्ति थियो

अहिले मन्दिर निर्माण गरिएको स्थानमा मन्दिर निर्माण नहुनु पुर्व राँगो जस्तै आकारको ढुंगाको ठूलो मुर्ति थियो । जुन मुर्तिलाई आउजाउ गर्ने मानिस तथा सवारी साधानहरु फूलहरु, घाँसका पात चढाएर हिड्ने गर्दथे ।

बाटो पनि निकै जोखिम थियो । जिल्लाको इस्मा र गुल्मी चारपालका राजाहरुको बिचमा अचंमको राँगाको पौराणीक ईतिहास अनुसार इस्माका राजाले पालेको राँगो राता रात गुल्मी चारपालाका राजाको बारीमा तोरी खाई चरेर राता रात उज्यालो नहुँदै फर्किदै थियो ।

अचानक एक दिन त्यो राँगो तोरी खाइए फर्किने क्रममा बाटोमा पहिलो प्रहरको भाले वासेको र बिहान उज्यालो भएको हुँदा त्यो राँगो सेउघा र जोगिथुमको बिच भागमा शिलामा परिणत भएको पुरानो इतिहास रही आएको छ । अहिले पनि इस्मामा र गुल्मी चारपालामा राजाहरु बस्ने दरवार रहेको छ ।

हाल त्यो राँगाको शिला लुम्बिनी तम्घास सिमलटारी, ढोरपाटन जाने मोटरबाटो बनाउदा त्यो बिशाल राँगोको शिला पन्छ्याउदा फुटेको थियो । त्यसैले अहिले मन्दिर बनेको स्थानलाई राँगेढुंगा भनेर सबैले चिन्ने र भन्ने गर्दछन् । अहिले मन्दिर परिसरसँगै स्थानीयको सहयोगमा राँगो जस्तै सानो शिला बनाएर राखिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D