gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीको मदानेमा युवती मृत फेला

अनिल खत्री
४ बैशाख, गुल्मी । गुल्मीमा एक युवती मृत फेला परेकी छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–४ म्यालपोखरी काब्रा निवासी २३ वर्षिय मिना कुँवर मृत फेला परेको इलाका प्रहरी कार्यालय पुर्कोट दह गुल्मीका प्रहरी निरिक्षक पंकज चुँदालीले बताए ।

बुधवार दिउँसो दाउरा खोज्न घरबाट गएकी युवती घरमा नआएपछि खोज्दै जाँदा बिहिवार दिउँसो भिरबाट लडेको अबस्थामा शब फेला परेको प्रहरीले जनाएको छ । युवती आफै भिरबाट लडेको वा अन्य कुनै कारण भन्ने बारे नखुलेको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । युवतीको शबलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइदैँछ ।

युवती सोहि स्थानकै एक युवकसँग प्रेम सम्बन्धमा रहेको भन्ने बुझिन आएको मदाने गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष भिमप्रसाद भट्टराईले बताए । युवक युवती बिच मतान्तरका कारणले आत्महत्या गरेको या अन्य कारणले मृत्यु भएको बारे परिवारको आशंका रहेको वडा अध्यक्ष भट्टराईले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D