गुल्मीको नगर बाल उद्यान पार्कमा ३ सय बिरुवा रोपियो

अनिल खत्री
२२ जेठ, गुल्मी । विश्व वातावरण दिवसको अबसरमा गुल्मीमा रहेको नगर बाल उद्यान पार्कमा बिरुवा रोपिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ९ मा रहेको नगर बाल उद्यान पार्कमा रेसुङ्गा नगरपालिका र जिल्ला युवा समितिको आयोजनामा बृक्ष रोपण तथा सरफाई गरिएको हो ।

नगर बाल उद्यान पार्कमा तेजपत्ता, बेवदार, धुपी लगायतका झण्डै ३ सय वढि बिरुवा रोपिएको जिल्ला युवा समिति गुल्मीकी कम्प्युटर अपरेटर सञ्जीवनी अर्यालले बताइन् । बृक्षा रोपणका लागि नगर बाल उद्यान पार्कमा पुगेका बिभिन्न कार्यालय प्रमुख, सुरक्षा निकाय र बिद्यार्थी, स्थानियले पार्क वरिपरि सरसफाई समेत गरेका थिए ।

बिभिन्न कार्यक्रम गरेर बुधवार ‘स्वच्छ वायु, स्वथ्य जिवन’ भन्ने नाराका साथ ४५ औं विश्व वातावरण दिवस मनाइएको हो । नगर बाल उद्यान पार्कमा रोपिएका बिरुवाहरु डिभिजन बन कार्यालय गुल्मीले सहयोग गरेको थियो ।

कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष नारायण बराल, जिल्ला युवा समिति गुल्मीका अध्यक्ष राजेन्द्र बिक्रम कुँवर, नगर बाल उद्यान पार्कमा उपाध्यक्ष नारायण आचार्य, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्का, डिभिजन वन कार्यालय गुल्मीका नविन पन्थीले मानिस बाच्नको निम्ति प्रकृति अत्यन्तै आबश्यक रहेको बताएका थिए ।

पछिल्लो मानवले प्रकृतिको दोहन गर्नाले बिभिन्न संकट आइलाग्ने गरेकाले त्यसको अत्यको लागि बोट बिरुवा रोप्न र यसको संरक्षण गर्नु आबश्यक रहेको बताए । स्थायिनले नगर बाल उद्यानलाई संरक्षण र यसको बिकास गर्न आग्रह गरेका थिए ।

बजारी करण बढदै गरेको समयमा खाली ठाउँ नभएको अबस्थामा यस्ता पार्कहरुलाई संरक्षण गरेर बिकास गर्नुपर्नेममा जोड दिएका थिए । कार्यक्रमा नगरपालिका शिक्षा बिकास अधिकृत लोकनाथ मरासिनी, पिताम्बर पन्थीले सहजीकरण गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ