gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीको “जानकी साहित्य पुरस्कार २०७६” साहित्यकार भागिरथी श्रेष्ठलाई

टोपलाल अर्याल
गुल्मी, ३० चैत्र । यो बर्षको जानकी साहित्य पुरस्कार साहित्यकार भागिरथी श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

गुल्मी जिल्लाको किरण पुस्तकालयबाट प्रत्येक वर्ष प्रदान गर्ने जानकी साहित्य पुरस्कार नेपाली साहित्यका दीर्घ सेवक कथाकार एवं उपन्यासकार श्रेष्ठले प्रदान गर्ने निर्णय गरिएको छ । किरण पुस्तकालयमा बसेको पुरस्कार छनौट समितिले सो पुरस्कार आउने मोति जयन्तीका दिन किरण पुस्तकालयबाट प्रदान गरिनेछ पुरस्कार छनौट समिति सदस्य शंकर प्रसाद गौतमले बताए ।

साहित्यकार, समाजसेवी एवं महिला अधिकारकर्मी समेत रहेकी ज्ञवाली बिस २०३३ साल चैत्र १६ गते राम नवमीका दिन जन्मिएकी थिइन् । भने बिस २०७३ साल मंसिर १२ गते अल्प आयुमै निधन भएको थियोे । स्व.जानकी ज्ञवाली गौतमले साहित्य तथा समाज सेवाको क्षेत्रमा पुराएको योगदानलाई स्मरणीय बनाउन परिवारजनले जानकी ज्ञवाली गौतम प्रतिष्ठान स्थापना गरेका छन् ।

प्रतिष्ठानको तर्फदेखि जानकी साहित्य पुरस्कारको लागि एक साल ५१ हजार एक सय ५१ रुपैयाँको अक्षय कोष किरण पुस्तकालयमा स्थापना गरिएको छ । सोही अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष गुल्मी जन्मभूमी तथा कर्मभूमी भई इतिहास, कला, साहित्यमा योगदान पु¥याउने व्यक्तिलाई जानकी साहित्य पुरस्कार प्रदान गर्ने गरिएको किरण पुस्तकालयका प्रधान सम्पादक शशि पन्थीले जानकारी दिए । गतवर्ष जानकी साहित्य पुरस्कार २०७५ सूव सेन ( सूर्यबहादुर सेन) लाई प्रदान गरिएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D