gulminews logo
आईतवार, २०८१ बैशाख २३

गुल्मीको कोरोना परीक्षण प्रयोगशाला बन्द: कर्मचारीले तलब पाएनन्, ३० लाख रुपैँया तिर्न बाँकी

हुमाकान्त पोखरेल
गुल्मी, १४ वैशाख । जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएको छ । अहिले जिल्लामा ७६ सक्रिय संक्रमित छन् भने चारजनाको मृत्यु भएको छ । कोरोना बढ्दै जाँदा कोरोना परीक्षण गर्ने प्रयोगशाला भने बन्द भएको छ । गत असौज १ गतेबाट संचालनमा आएको प्रयोगशाला बजेटको अभावमा बन्द भएको हो ।

गत बर्ष कोरोनाले महामारीको रुप लिन थालेपछि जिल्लाका स्थानीय तहहरुको सहयोगमा जिल्लामै स्वाव परीक्षण गर्ने उदेश्यले स्थापना गरिएको प्रयोगशाला अहिले बन्द भएको हो । प्रयोगशालामा काम गर्दै आएका चारजनाले कोभिड भत्ता र १० जनाले तलब–भत्ता समेत पाएका छैनन् । जिल्लाका सरोकारपक्षहरुले स्वास्थ्यकर्मीहरुलाई ३० लाख भुक्तान गर्न अझै बाँकी छ । सुरुमा तम्घास अस्पतालमार्फत काममा खटिएपनि नियुक्ती पत्र नहुँदा पनि समस्या भएको ल्याब टेक्निसियन के.पी. भण्डारीले गुनासो गरे ।

अहिले पनि प्रयोगशाला संचालनमा ल्याउन र कर्मचारीहरुलाई तलब दिने बिषयमा कसैले चासो नदिएको भण्डारीले बताए । परीक्षण प्रयोगशाला बन्द भएपछि अब स्वाव परीक्षणका लागि पुन: रुपन्देही पठाउनुपर्ने भएको छ । नेपाल नागरिक समाज गुल्मीका अध्यक्ष गुणनिधी शर्माले लाखौं खर्चेर संचालनमा ल्याएको कोभिड प्रयोगशाला पाँच महिनामै बन्द हुनु दुःखद् रहेको बताए । त्यसका साथै उनले जतिसक्दो छिटो उक्त प्रयोगशाला संचालनमा ल्याउनुपर्नेमा जोड दिए । यससम्बन्धमा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले प्रयोगशाला तत्काल संचालनमा ल्याउन नसक्ने प्रतिक्रिया दिए ।

प्रयोगशाला धेरै खर्चिलो हुने र पहिलेकै कर्मचारीहरुलाई तलब दिन नसकिएकोले तत्काल संचालनमा नआउने उनको भनाई छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले प्रयोगशाला संचालनका लागि प्रदेश सरकारसँग बजेट माग गर्ने र दीर्घकालिन रुपमा संचालन गर्नका लागि केन्द्रीय सीसीएम्सीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D