gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीको उनाएचौरमा खेलमैदान र “ट्रि हाउस” सहितको पर्यटकीय पार्क बन्ने, २० करोड रुपैँया लागत

अनिल खत्री
गुल्मी, असार १६ । गुल्मीको रेसुङ्गा नगरपालिकाको उनाएचौरमा खेल मैदान र पर्यटकीय पार्क बन्ने भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ७ को उनाएचौरमा खेल मैदानसँगै पर्यटकीय पार्क बन्न सुरु भएको हो ।

यो पनि पढ्नुस: गुल्मीमा कालिज र माछाको व्यवसायिक पालन गरिँदै, १ करोड रुपैँया लगानी

जिल्ला सदरमुकाम तम्घासबाट झण्डै ६ किलोमिटर टाढाको दुरीमा पर्ने उक्त स्थानमा केहि वर्ष पहिले समान्य रुपमा खेल मैदान बनाउन थालिएको थियो । तर तम्घासमै ठूला खेलहरु आयोजना गर्न अन्य ठाउँमा खाली ठाउँ नभएपछि उनाएचौरमा खेल मैदान र पर्यटकीय पार्क बनाउन निर्माण कार्य तिब्र गतिमा भइरहेको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेयले बताउनु भयो ।

हाल खेल मैदान निर्माण हुन लागे स्थानमा मन्दीरहरुसँगै नगरकै उत्कृष्ट खेल मैदान र पर्यटकीय पार्क बनाइने वडा अध्यक्ष पाण्डेले बताउनुभयो । खेल मैदान निर्माणको लागि प्रदेश नम्बर ५ सरकारको एक नगरपालिका एक खेल मैदान कार्यक्रम अन्तर्गत ७२ लाख र पर्यटकीय पार्क निर्माणको लागी प्रदेश ५ वन मन्त्रालयबाट १२ लाख लागतमा निर्माण कार्य भइरहेको छ ।

उनाएचौरमा रहेको खाली ठूलो चौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणको लागि पनि सम्भाव्यता अध्ययन गरिएको थियो । प्राबिधिक समस्या देखिए पछि सिमीचौरमा निर्माण गरिएको हो । खेल मैदान र पर्यटकीय पार्क बन्न सुरु भएसँगै स्थानियले यस क्षेत्रको बिकासमा महत्व राख्नेमा जोड दिएका छन् ।

नगरभित्र वस्ती बिस्तारले कतैपनि खाली ठाउँ नहुदा खेलप्रति चासो राख्ने युवाहरुलाई यसले मैदानले खेल खेल्न र नगरले बिभिन्न खेलकुद आयोजना गर्न सहज हुनेमा स्थानिय तोमला पन्थीले बताउनु भयो । यस मैदान सम्पन्न गर्न ठूलो रकम लाग्ने भएकाले सम्बन्धी पक्षले ध्यान दिन पन्थीले आग्रह गर्नुभयो ।

सदरमुकाम नजिकै रहेकाले पनि यसको हत्व वढि रहेकाले उसलाई पूर्ण गर्न सबै पक्ष लाग्नु पर्नेमा पान्थीले जोड दिनु भयो । खेल मैदान निर्माण भएपछि स्थानियलाई खेल खेल्न पनि सहज हुने रेसुङ्गा नगरपालिका ४ का रेमलाल बस्यालले बताउनु भयो । खेल ैदानसँगै बन्ने पार्कलेपनि यसक्षेत्रको महत्व र गरिमा पनि वढने बस्यालले बताउनु भयो ।

खेलकुद मैदानको ७० मिटर लम्बाई र ९० मिटर चौडाई रहेको छ । खेल मैदानलाई सम्पन्न गर्न यसको डिपिआर तयार गरिने भएको छ । खेल मैदान सम्पन्न गर्न करिव २० करोड वढि लागत लाग्ने अनुमान नगरपालिकिाले गरेको छ ।

हाल भइरहेको निर्माण कार्यले खेल मैदानको जमिनको माटो कटिङ्ग सम्पन्न गर्ने भएको छ । नगर भित्रको ठूलो खेल मैदानसँगै पार्क र पर्यटक तान्न सल्लाको रुखबाट तम्घास बजारसँगै बिभिन्न स्थानका दृश्य हेर्न सकिने ट्रीहाउस निर्माण पनि भइरहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D