गुल्मीको इस्मामा ट्याक्टर दुर्घटना ५ घाइते, ३ को अवस्था गम्भिर

टोपलाल अर्याल
गुल्मी, ७ माघ । गुल्मीको इस्मा गाउँपालिका १ हस्तिचौर झर्ना नजिकै ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा चालक सहित पाँच जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कालिका कन्ट्रसनको लु १ त ८४४४ नम्बरको ट्याक्टर दुर्घटनामा चालक धुर्कोट गाउँपालिका ७ का २२ बर्षीय विकास नेपाली र रोल्पा सुनिलमुर्ति गाउँपालिका ७ का २१ बर्षीय सुरजमान रोक्का मगर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

त्यस्तै रोल्पा सुनिल मुर्ति गाउँपालिका ७ कै २३ बर्षीय रुपेन्द्र विक र १५ बर्षीय मनिराम रोक्का मगर घाइते भएको खड्काले बताए । घाइते मध्ये सुरजमान रोक्का मगरको अवस्था गम्भिर रहेको छ । उनलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि पाल्पा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ट्याक्टर सडकबाट ४० मिटर तल खसेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D