gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीकी २२ वर्षीय युवती दिल्ली देखि बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

सुबास बस्नेत
नयाँ दिल्ली, फेब्रुअरी २४ । गुल्मी जिल्ला, इस्मा गाउँपालिका ३, दर्लाम्चौर (टाकुरा) स्थाई घर भई हाल भारतको राजधानी दिल्लीमा बसोबास गर्दै आएकी एक युवती बेपत्ता भएकी छन् । राम बहादुर घर्ती क्षेत्री र स्वर्गीय श्रीमती चन्द्रकला घर्ति क्षेत्रीकी २२ वर्षीय छोरी कल्पना भनिने पुनम क्षेत्री २० फेब्रुअरी देखी साकेतको सेदुलाजावबाट बेपत्ता भएकी हुन् ।

२२ वर्षीय पूनम शारीरिक रूपमा पूर्ण स्वस्थ देखिएता पनि मानसिक विकास पूर्णरुपमा नभएकोले बोल्दा अक्मक्किने, कम सुन्ने तथा काम गर्दा हात काँप्ने जस्ता शारीरिक समस्या रहेको पारिवारिक श्रोतले जानकारी दियो । साथिकोमा खेल्न जान्छु भनेर २० तारिख बिहिबारको करिब दिन ३ बजे घर देखि बाहिर निस्कीएकी पुनम अझै सम्म घर नफर्किएको परिवारले जानकारी दियो ।

सो दिन उनि अबेर साँझ सम्म पनि घर नफर्कदा परिवारले नजिकैको पुलिस थानामा एफआइआर दर्ता गराएको पुनमका दाई लक्ष्मण जिसीले जानकारी दिए । घर नजकैको सिसिटिवी फुटेज हेर्दा उनि एक जना अधबैँसे महिलाको साथमा हिँडेरहेको र उसैसंग गएको देखिन्छ । महिलासंग हिँडेको तस्बिर र फुटेज पनि यतिखेर दिल्ली पुलिसको हातमाछ । अब संकासपद बिषय यो हो आखिर त्यो महिला को हो ?

दिल्ली एनसीआर लगायत, मुम्बई, पन्जाब, उत्तर प्रदेशमा कार्यरत नेपाली संघसंस्थाका प्रतिनिधीहरु, अगुवा व्यक्तित्वहरु, महिला बेचबिखान तथा लैंगिक हिंशा बिरुद्द कार्यरत संस्थाहरुलाइ यो खोजि कार्यलाइ अभियानस्वरूप सघाउ पुराइदिनुहुन पुनमका परिवारले आग्रह गरेका छन् । तस्बिरसंग मिल्दो-जुल्दो युवती कहिँ कतै फेला परेमा नजिकको प्रहरी कार्यालय अथवा पिडितका दाई लक्ष्मण जिसी (9958209159) र सुबास बस्नेत (9958585915) लाइ सम्पर्क गरिदिनुहुन हार्दिक अपिल गर्दछौ । सूचनादिने व्यक्तिलाइ उचित पुरस्कारको समेत व्यवस्था गरिनेछ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D