गुल्मीकी रायमाझी बेलायतमा सम्मानित, ग्रिनसिटी अस्पातलले १ लाख रुपैँया बराबर नि:शुल्क उपचार गर्ने

लण्डन । आशा अपाङ्ग केन्द्र, गुल्मीकी सन्चालिका गंगा रायमाझी बेलायतमा सम्मानित भएकी छन् । गत २ दिसेम्बरमा आइतबार लण्डनको वुल्वीचस्थित लोटस क्लबमा गुल्मी जिल्ला समाज यूकेले रायमाझीलाई सम्मान गरेको हो । विश्व अपांगता दिवसको अवसर पारेर समाजले आयोजना गरेको च्यारिटी कार्यक्रममा सहभागी हुन बेलायत आएकी रायमाझीलाई समाजले सम्मान गरेको हो ।

आफ्ना दुबै खुट्टा गुमाएकी रायमाझीली दुर्गाममा रहेका आफु जस्ता अशक्तहरूको गाउँ गाउँमा पुगेर उद्दार तथा सहयोग गर्ने गरेकी छन् । विशेष अतिथि आशा अपांग केन्द्र तम्घासकी सञ्चालिका गंगा रायमाझीले झण्डै एक दशकदेखि गुल्मी जिल्ला समाज यूकेले लगातार रुपमा केन्द्रलाई प्रदान गरिरहेको सहयोगका लागि आभार प्रकट गरिन् । पावरपोइन्ट प्रिजेन्टेसनमार्फत केन्द्रको अवस्था र गतिविधीहरु देखाउंदै रायमाझीले गुल्मी जिल्ला समाज यूकेले मात्रै अहिलेसम्म ४० लाख रुपिया भन्दा बढिको सहयोग केन्द्रलाई उपलब्ध गराएको जानकारी दिइन् ।

कार्यक्रममा आशा अपांग केन्द्रले अंपागहरूको स्वाथ्य उपचारमा सहयोग गर्ने, कृत्रिम अंग प्रदान गर्नुका साथै उनिहरुको जिबीकोपार्जनको निम्ती सिपमुलक तालीम समेत दिने जस्ता कार्यहरु सकृय रुपमा गर्दै आएको पनि रायमाझीले जानकारी दिएकी थिईन् । आज निरन्तर १३ बर्ष सम्म यस कार्यमा निरन्तरता दिँदै हालसम्म ७ हजार जना भन्दा बढीलाई सेवा पुराएकोमा केन्द्रकी सन्चालिका रायमाझीलाई सम्मन गरिएको गुल्मी जिल्ला समाज युकेका सँस्थापक अध्यक्ष तथा बर्तमान सल्लाहकार ओम प्रसाद थापाले जानकारी दिए ।


“बेलायत आउने दोस्रो अवसर पाउँदा एकदमै भाग्यमानी ठानेकी छु”, रायमाझीले भनिन्, “शायद मेरो कामको मुल्यांकन भएको महशुश गरेको छु जसले आगामी दिनहरुमा अझ थुप्रै काम गर्ने उर्जा थपिएको छ ।”
“गुल्मी जिल्ला समाज युके सहित बेलायतका सम्पूर्ण गुल्मेली तथा गैरगुल्मेलीहरु प्रती आभारी छु”, उनले थपिन् ।

आशा अपांग केन्द्रका बिरामीलाई हरेक बर्ष १ लाख रुपैँया बराबर नि:शुल्क उपचार गर्छौ: निर्देशक टण्डन

कार्यक्रममा बेलायत भ्रमणमा आउनु भएका काठमाडौं स्थित ग्रिनसिटी अस्पतालका निर्देशक एल.बि टण्डनको पनि उपस्थिती रहेको थियो । शुभकामना मन्तव्य दिँदै टण्डनले आशा अपाङ्ग केन्द्रका बिरामीहरुलाई आफ्नो अस्पातलले हरेक बर्ष १ लाख रुपैँया सम्म निशुल्क उपचार घोषणा पनि गरे । “बेलायतबासी गुल्मीलीको आफ्नो जन्म ठाउँलाई दिएका योगदानप्रती गुल्मी जिल्ला समाज र सम्बन्धित सबै गुल्मेलीहरूलाई सम्मान गर्दछु ।”, टण्डनले भने, “म आशा अपांग केन्द्र र बिशेष गरी गंगा बैनीको कामबाट निकै प्रभावित भएँ, म पनि यो पुण्यकार्यमा सहभागी हुन चहान्छु” । टण्डनले थपे, “म लण्डनबाटै घोषणा र प्रतिबद्दता गर्न चाहन्छु कि यसै बर्षबाट मेरो ग्रिनसिटी अस्पातले आशा अंपाग केन्द्रको बिरामीहरुलाई हरेक बर्ष १ लाख रुपैँया बराबर नि:शुल्क उपचार गर्नेछ ।”

यस बर्ष पनी राम्रो दोनेशन संकलन गर्नु सफल भएको भन्दै समाजका कोषाध्यक्ष तारानाथ भण्डारीका अनुसार कार्यक्रमका लागि सहयोगदाताहरुबाट ७ हजार ३ सय पाउण्ड तथा कार्यक्रमस्थलमा ३ हजार गरी कुल १० हजार ३ सय पाउण्डको सहयोग जुटेको छ । सहयोदाताहरुमध्ये धेरैले प्रतिबद्धता गरेको रकम जम्मा गराइसकेको पनि उनले जानकारी दिए ।

संकलित रकमबाट कार्यक्रमको खर्च कटाएर बांकी रकम सामाजिक काममा खर्च गरिनेछ । यो रकमको आधा रकम आशा अपांग केन्द्र तम्घास र बांकी रकम अन्य परोपकारी कार्यमा लगाइने समाजले बताएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D