gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीकी भण्डारी सहित बेलायतवासी दुई स्रष्टालाई विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको सम्मान

काठमाडौं, कार्तिक ६ । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले तिहारको शुभकामना आदान प्रदान गर्नुका साथै बेलायत निवासी दुईजना स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानले बेलायतको नेपाली डायस्पोरामा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा लागि परेकी विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान बेलायत (युरोप च्याप्टर) की महासचिव मन्जु भण्डारी र विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको विशिष्ट सदस्य एवम वांगमय प्रेमी सर्जक विदुर सिटौलालाई सम्मान गरेको हो । भण्डारी गुल्मी जिल्लामा जन्मेकी हुन् ।

मंगलबार काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री हरिप्रसाद न्यौपानेले बिदेशमा बसेर आफ्नो भाषा,साहित्यलाई जगेर्ना गर्न सांगठनिक रूपमा, व्याक्तिगत रूपमा लागिपरेका स्रष्टाहरूलाई सम्मान गरेर संस्थाले उहांहरूमा हौसला र जांगर थपेको कुरा बताउनु भयो । यसैगरि संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले संस्थाको गतिविधिबारे प्रकाश पार्दै बेलायतको नेपाली डायस्पोरामा नयाँ पिंढीलाई भाषा हस्तान्तरण गर्ने जुन चुनौती छ त्यसको सामना गर्न हाम्रा सर्जकहरू लागिपरेका छन् र यस्तो सत्प्रयासमा जुटेका साथीहरूलाई उर्जा थप्न हामी हरदम तयार छौं भन्दै दुईजना सम्मानित स्रष्टाहरूको संक्षिप्त परिचय पनि प्रस्तुत गर्नु भयो।

बिशेष अतिथि एवम बरिष्ठ कलाकार मदनदाश श्रेष्ठले सम्मानित स्रष्टालाई बधाई दिंदै भाषा साहित्यको अनुरागले आफुलाई संधै तानिरहने र संसारमा जहांपुगेपनि नेपालीहरूको नेपाल प्रेम देखेर आफु भावुक हुने कुरा व्यक्त गर्नु भयो । अर्का बिशेष अतिथि प्रा. डा पारसमणि भण्डारीले आफ्नो माटोको सुवास र भाषालाई मुटुमा बोकेर हिंड्ने साथीहरूको कदर गरेर यो संस्था अनुकरणीय बनेको कुरा बताउनु भयो। यसैगरि बिशेष अतिथि शिवराम राजवंशीले साहित्य संस्कृतिको उत्थानमा आफु सदैव लागिरहने प्रण गर्दै श्रष्टाहरूलाई यथासक्दो सहयोग गर्ने कुरा व्यक्त गर्नु भयो।

संस्थाकी बरिष्ठ उपाध्यक्ष एवम प्राज्ञ लक्ष्मी उप्रेतीले सम्मानित बहिनी र भाईमा अझ नयाँ उर्जा थपियोस् भन्दै निरन्तर भाषाको समृध्दिमा लगिरहन शुभकामना व्यक्त गर्नु भयो। अतिथिको आसनबाट बोल्दै नोबेल साकोस प्रतिष्ठानका संयोजक राजन न्यौपानेले संसारभरिका नेपालीहरूलाई जोड्ने हाम्रो भाषा र साहित्य यसरी सबल भएको देखेर आफु आल्हादित भएको कुरा व्यक्त गर्नु भयो । सम्मानित स्रष्टा मन्जु भण्डारीले यो बिशेष सम्मानलाई आफूले सब्दमा व्यक्त गर्न कठिन भएको र यसले वांगमयको क्षेत्रमा अरू धेरै काम गर्न उर्जा थपेको कुरा व्यक्त गर्नु भयो। यसैगरि अर्का सम्मानित स्रष्टा विदुरकान्त सिटौलाले पनि भाषा र साहित्यका लागि निरन्तर लाग्न यस सम्मानले बल प्रदान गरेको छ भन्नु भयो।

कार्यक्रमको आरम्भमा संस्थाका सल्लाहकार एवम पत्रकार लक्ष्मीप्रसाद प्रसाईले आफ्नो सारगर्भित भनाई सहित उपस्थित सबैलाई हार्दिक स्वागत गर्नु भयो। कार्यक्रममा गोरखापत्र संस्थानका पू्र्व नायव महाप्रबन्धक भरत प्रसाई, नोबेल साकोस प्रतिष्ठानका अध्यक्ष सरस्वती गौतम, संस्थाका सल्लाहकार किशोर उप्रेती,संस्थाका सल्लाहकार एवम साहित्यकार बाबा बस्नेत, जेष्ठ नागरिक समाज वडानं२९ का अध्यक्ष ध्रुब केसी, घट्टेकुलो विकास समाजका संस्थापक ध्रुब प्रसाई, पत्रकार यज्ञ ढकालको गरिमामय उपस्थिति रहेको थियो।

संस्थाका कार्यसमिति सदस्यहरू राधिका दाहाल एवम कल्पना प्रसाई पाठकले सुन्दर सृजनाहरू वाचन गर्नु भयो ।संस्थाका महासचिव पुकार तमिल्सिनाले सहज र रोचक ढंगले कार्यक्रम संचालन गर्नु भएको थियो भने कार्यसमिति सदस्य तीर्थराज दाहालले आफ्नो संक्षिप्त भनाई राख्दै कार्यक्रमको बिट मार्नु भयो। कमलराज प्रसाई, दीपक घिमिरे, रामबहादुर घिसिंग, बुध्दिप्रसाद आचार्य, यादृक्षा उप्रेती, चन्द्र थापा, लोकराज जोशी, देवीदाश भट्टराई, श्यामकृष्ण खड्गी, सम्राट न्यौपाने, हर्क गुरूंग लगायतका साहित्य अनुरागीहरूको उपस्थित र सहयोगले कार्यक्रममा बेग्लै रौनक थपेको थियो।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D