gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीकी झुमा देबी नेपालीलाई साईप्रसबाट झन्डै ६० हजार रुपैँया सहयोग हस्तान्तरण

साईप्रस, अगस्त २१ । गुल्मी जिल्लाकी झुमा देबी नेपाली बचाऊ अभियान साईप्रसले उहाको परिवारलाई झन्डै ६० हजार रुपैँया सहयोग हस्तान्तरण गरेको छ । अभियान माफत नेपालीको उपचारको लागि ५७ हजार ६ सय रुपैँया रुपैया हस्तान्तरण गरेको छ । लुम्बिनी प्रदेशको गुल्मी जिल्लाको ईश्मा गाउँपालिका स्थायी घर भएकी झुमा देबी नेपाली पहिला स्तन क्यन्सर पिडित भएर उपचार गराए पश्चाप्त फेरि अर्को आईबोन क्यन्सरले ग्रसित भएपछि सहयोगका लागि याचना गरेकी थिईन् ।

झुमा देबी अहिले भारतको एसियन अस्पतालमा उपचारत हुँदै गर्दा अप्रेसन लगायतमा पैसाको कमी भएपछि छोरी अमृता बस्यालले साईप्रसमा कार्यरत गुल्मी सेवा समाजका अध्यक्ष श्यामलाल नेपालीलाई सहयोग उठाउनका लागि आग्रह गर्नुभएको थियो ।

समाजका अध्यक्ष नेपालीले गुल्मी जिल्लाका साईप्रसबासी एवमं अन्य सबै नेपाली समुदायहरुसगं सहयोग उठाउनका लागि आफै लागेका थिए । नेपालीका अनुसरा साईप्रसमा रहेका सबै नेपाली समुदायहरुले दुखि झुमा देबीलाई आर्थिक सहयोग गरि उहाको ज्यान बचाउनका लागि अतुलनिय योगदान गरेको साईप्रस नेपाल डटकमलाई जानकारी दिए ।

साईप्रसमा रहेका नेपालीहरुले आफनो खाजाको पैसा कटौती गरि सहयोग गरेकोमा विशेष धन्यबाद दिएको बताए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D