गुल्मीका ३० बर्षिय युवा भारतमा मृत भेटिए, परिवार भन्छ “हत्या” हो

काठमाडौं, चैत ३० । गुल्मीका एक युवा भारतमा मृत फेला परेका छन् । रोजगारीका लागि भारत पुगेका गुल्मीका सजन नेपाली मृत फेला परेका हुन् ।

गुल्मीको ईस्मा गाउँपालिका २, साविक हस्तीचौरको झिरनेटाका ३० वर्षीय नेपालीको चैत्र २२ गते चिराग दिल्लीमा मृत फेला परेका थिए । उनले काम गर्ने घरको तेश्रो तलाबाट खसेर मृत्यु भएको भनिए पनी नेपालीका परिवारले त्यो खबर पत्याउन सकेका छैनन् ।

सँगै काम गर्ने साथीहरुले आफै छतबाट हाम्फालेर आत्महत्या गरेको भएपनी त्यो कुरा झुटो भएको परिवारजनको आरोप छ । नेपाली भुईमा खसेको १५ मिनेटपछि मात्र माथि घरमा रहेका ती साथीहरुलाई अरुले जानकारी दिएको मृतकका बुवा श्यामलाल नेपालीले जानकारी दिए ।

नेपाली परिवारले भने उनको कसैले कुटेर हत्या गरी फालेको आशंका गरेको छ ।
नेपालीको २५ वर्षीया श्रीमतीका साथै ६ बर्ष र ३ महिनाका एक सन्तान रहेका छन्। मृतक नेपाली १८-१९ बर्षदेखि भारतमै मजदुरी गर्दै आएका थिए ।

मृतक नेपाली ६ महिना पहिले मात्रै नेपाल छुट्टी आएर फर्केका थिए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D