Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीका १३५ जनप्रतिनिधि निर्वाचन आयोगको कारवाहीमा - Gulminews

गुल्मीका १३५ जनप्रतिनिधि निर्वाचन आयोगको कारवाहीमा

हुमाकान्त पोखरेल
गुल्मी, ११ असौज । गुल्मीका १३५ जनप्रतिनिधि निर्वाचन आयोगको कारवाहीमा परेका छन् । वैशाख ३० को निर्वाचनबाट निर्वाचितमध्ये खर्च विवरण नबुझाउने र ढिलो बुझाउने १३५ जनप्रतिनिधि कारवाहीमा परेका हुन् । कारवाहीमा परेकामध्ये नगरपालिकाका मेयर÷उप–मेयर दुईजना, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष दुईजना, वडाध्यक्ष २६ जना एवम् १०५ जना वडा सदस्यहरु रहेका छन् ।

एमालेबाट निर्वाचित मुसिकोट नगरपालिकाका प्रमुख जिवन खरेल र उप–प्रमुख गंगा श्रेष्ठले खर्च विवरण बुझाएका छैनन् । उनीहरु जनही चार लाख ५० हजारको जरिवानामा परेका छन् । काँग्रेसबाट निर्वाचित कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेद बहादुर थापा र एमालेबाट निर्वाचित सत्यवती गाउँपालिकाकी उपाध्यक्ष निरमाया तरामुले पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् । उनीहरु जनही तीन लाख ५० हजारको जरिवानामा परेका छन् ।

कारवाहीमा परेका नगरपालिकातर्फका वडाध्यक्षहरुमध्ये रेसुङ्गा नगरपालिका वडा नम्बर १ का रामप्रसाद पन्थी, वडा नम्बर २ का हिरा बहादुर थापा, वडा नम्बर ५ का दुर्गा प्रसाद खनाल, वडा नम्बर ७ का राम प्रसाद पन्थी र वडा नम्बर १४ का धन बहादुर पुन रहेका छन् । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर १ का मोहन घिमिरे, वडा नम्बर २ का रविन्द्र केसी, वडा नम्बर ३ का शंकर रायमाझी, वडा नम्बर ४ का जुक्त बहादुर छन्त्याल, वडा नम्बर ६ का खड्ग बहादुर खड्का, वडा नम्बर ७ का हरीहर सापकोटा, वडा नम्बर ८ का रमेश विक र वडा नम्बर ९ का भुमा गुरुङ्गले खर्च विवरण नबुझाएको आयोगले जनाएको छ । उनीहरु जनही दुई लाखको जरिवानमा परेका छन् ।

कारवाहीमा परेका गाउँपालिकाका वडाध्यक्षहरुमध्ये इस्मा गाउँपालिका वडा नम्बर २ का लोकनाथ आचार्य, वडा नम्बर ३ का ज्योतीराज कुँवर, वडा नम्बर ४ का राजु बस्नेत रहेका छन् । धुर्कोट गाउँपालिका वडा नम्बर १ का चेतमान कुँवर, वडा नम्बर ४ का विर बहादुर जोगी कुँवर, छत्रकोट गाउँपालिका वडा नम्बर १ का घनश्याम न्यौपाने र वडा नम्बर ५ का रामप्रसाद कडेँलले खर्च विवरण बुझाएका छैनन् । सत्यवती गाउँपालिका वडा नम्बर ५ का बाबुराम खत्री, वडा नम्बर ६ का विष्णु प्रसाद भण्डारी, वडा नम्बर ८ का होम बहादुर राना, चन्द्रकोट गाउँपालिका वडा नम्बर २ का कमल केसी र वडा नम्बर ७ का अनन्दराम भण्डारीले पनि खर्च विवरण बुझाएका छैनन् । उनीहरु जनही एक लाख ५० हजारको कारवाहीमा परेका छन् । कारवाहीमा परेका २६ वडाध्यक्षमध्ये १२ जना एमाले, १३ काँग्रेस एवम् एकजना स्वतन्त्रबाट निर्वाचित हुन् ।

कुल ७४२ उम्मेदवारलाई १३ करोड ५२ लाख जरिवाना

गत वैशाख ३० को निर्वाचनमा विभिन्न पदमा कुल एक हजार २४३ ले उम्मेदवारी दिएका थिए । जसमा ५०१ जनाले मात्रै समयमै खर्च विवरण पेश गरेका छन् । बाँकी ७४२ उम्मेदवारले समयमै खर्च विवरण बुझाएनन् । जसका कारण उनीहरुलाई १३ करोड ५२ लाख जरिवाना तोकिएको छ । ढिलो गरी खर्च विवरण बुझाउने ४५ उम्मेदवारलाई पनि आयोगले मान्यता नदिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिए ।

खर्च विवरण नबुझाउने उम्मेदवारमा नगरपालिका प्रमुख÷उप–प्रमुखका उम्मेदवार १३ जना, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष ४७ जना रहेका छन् । त्यस्तै नगरपालिकाका वडाध्यक्ष र सदस्यका उम्मेदवार २१२ जना एवम् गाउँपालिकाका वडाध्यक्ष र सदस्यका उम्मेदवार ४७० जना रहेका छन् । आयोगले नगरपालिका प्रमुख÷उप–उप्रमुखको लागि चार लाख ५० हजार, वडाध्यक्ष र सदस्यहरुको लागि दुई लाख एवम् गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षको लागि तीन लाख ५० हजार र वडाध्यक्ष र सदस्यको लागि एक लाख ५० हजार जरिवाना तोकेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D