gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीका १० स्थानीय तहमा आधारभूत अस्पताल शिलन्यास

सागर भण्डारी
गुल्मी, मंसिर १५ । गुल्मीका १० वटा स्थानीय तहमा आधारभूत अस्पताल शिलन्यास गरिएको छ । आईतबार र सोमबार जिल्लाका १० स्थानीय तहले अस्पताल शिलन्यासको काम सम्पन्न गरेका छन् ।

एक स्थानीय तह एक अस्पताल अभियान अन्तर्गत मदाने गाउँपालिकाले आईतबार पहिलो पल्ट जिल्लामा १५ शैयाको अस्पताल शिलन्यास सम्पन्न गरेको थियो । मदाने गाउँपालिकामा पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले अस्पतालको शिलन्यास गर्नुभएको थियो । त्यस्तै सोमबार जिल्लाका ९ वटा स्थानीय तहले एकैपटक आधारभूत अस्पतालको शिलन्यास गरेका छन् ।

सोमबार धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाकामा पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा सांसद गोकर्ण बिष्टले अस्पतालको शिलान्यास गर्नुभएको छ ।

त्यस्तै रुरु गाउँपालिका, गुल्मी दरवार गाउँपालिका र छत्रकोट गाउँपालिकामा लुम्बीनी प्रदेश सभा सदस्य तथा बिशेष अधिकार समिति संयोजक कमलराज श्रेष्ठले शिलान्यास गनुभएको हो ।

सत्यवती गाउँपालिका र रुरु गाउँपालिकामा लुम्बीनी प्रदेश सामाजिक बिकाश मन्त्री सुदर्शन बरालले शिलान्यस गरेका गर्नुभएको हो । चन्द्रकोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकाकामा आधारभूत अस्पतालको शिलान्यास सरकारका प्रबक्ता तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले गर्नुभएको छ ।

जिल्लाका १२ स्थानीय तह मध्ये रेसुङ्गा नगरपालिका सदरमुकाम तम्घासमा रहेकाले जिल्ला अस्पताल रहेको छ । रेसुङ्गा नगरपालिका अन्तर्गत गुल्मी अस्पताललाई ७० करोडको लगानीमा १ सय शैयाको अस्पताल बनाईने भएको छ । भने मालिका गाउँपालिकामा यहि १७ गते आधारभूत अस्पतालको शिलान्यास सांसद बिष्टले गर्ने मालिका गाउँपालिकाले जनाएको छ ।

इस्मा गाउँपालिकामा १६ करोड १८ लाख धुर्कोट गाउँपालिकामा १८ करोड १६ लाख मदाने गाउँपालिकामा १८ करोड १६ लाख ,मालिका गाउँपालिकामा १८ करोडमा अस्पतालहरु बन्दै छन् । जिल्लाका सबै स्थानिय तहमा १८ करोड बराबरका रकममा शिलान्यास भएका भवनहरुको निर्माण २ बर्षमा सम्पन्न हुने छ । अबको दुई बर्षमा निर्माण गरिएका अस्पतालमा १ जना मेडिकल अधिकृत सहित २ जना स्टाफ नर्स रहनेछन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D