gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मीका शिव जो एनआरएनए यूकेको मिडिया संयोजकमा चयन भए

लण्डन, नोभेम्बर १४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको मिडिया संयोजकमा शिव भण्डारी चयन भएका छन् । एनआरएनएले आफ्नो नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको १ सय दिन (हनिमून पिरियड) पूरा भएको अवसरमा गुल्मीका भण्डारीलाई संयोजक पदमा मनोनयन गरेको हो ।

नेपाल पत्रकार महासंघ यूके शाखाका उपाध्यक्ष समेत रहेका भण्डारीले नेपाल पत्रकार महासंघ यूकेको दुई कार्यकाल सचिवमा निर्वाचित भइ उल्लेखनीय काम गरेका छन् ।

लगनशीलता र मेहेनतका साथ बेलायतस्थित नेपाली समुदायमा सक्रिय पत्रकारको भूमिका निर्वाह गरेका कारण महत्व पूर्ण जिम्मेवारी प्राप्त गरेका उनले बेलायतमा विगत १२ बर्षदेखि पत्रकारिता गर्दै आएका छन् ।

गुल्मी धुर्कोट स्थायी घर भएका भण्डारीले अन्य साथीहरुको सद्भाव सहित करिब एक दशक अघि लण्डन नेपाल न्यूज नामक आफ्नै अनलाइन समाचार पोर्टल शुरू गरेका थिए ।

मिडिया संयोजकको रुपमा जिम्मेवारी दिएको प्रति एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरसहितको कार्यसमितिलाई आभार व्यक्त गर्दै भण्डारीले आफूले पाएको जिम्मेवारी पूर्ण दत्तचित्त भएर पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

सय दिन पूरा भएको अवसरमा विशेष समारोह

यस्तै एनआरएनएले कार्यसमितिको सय दिन पूरा भएको उपलक्ष्यमा सल्लाहकारहरुलाई सम्मानसहित विशेष समारोह आयोजना गरेको छ । अल्डरशटको एम्पायर हलमा २० नोभेम्बरको दिन बेलुका ६ बजे विशेष समारोह आयोजना गरिएको अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिए ।

सय दिनको अवधिमा कार्यसमितिले गरेका कामकारवाहीहरु जानकारी गराउने र भावी रणनीति तय समेत गर्नेगरी कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।

‘सेरेमोनी विथ च्यारिटी डिनर’ नाम दिइएको सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गरी राखिएका उद्देश्य पूरा गर्नेगरी तयारीको काम अघि बढाइएको च्यारिटी संयोजक समेत रहेका उपाध्यक्ष गोविन्द खरेलले बताए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D