gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

चुरा बहादुर खत्री जसले आफनै खर्चमा तम्घास बजारको सडक मर्मत गरिदिए

अनिल खत्री
२१ असोज, गुल्मी । गुल्मीका एक निर्माण व्यवसायीले आफनै लगानीमा कालोपत्रे सडक मर्मत गरिदिएका छन् । जिल्ला सदरमुकाम तम्घासको बजारक्षेत्रमा पक्की सडक जीर्ण बन्दै गएको थियो ।

सडक जीर्ण बन्दै गएपछि दुर्घटनाको जोखिम बढ्दै गएपछि शाईन कन्ट्रक्सन काठमाडौंका निर्माण व्यवसायी चुरा बहादुर खत्रीले आफनै लगानीमा मर्मत गरिदिएका हुन् । तम्घास बजारको पुतली बजारमा भत्कीएको कालोपत्रे सडकलाई मर्मत गरेका हुन् ।

बजार क्षेत्रमा आउजाउ गर्नेहरुलाई सडक भत्कीएर खाल्डाखुल्डीका कारण दुर्घटना बढेकाले आफुले सक्दो मर्मत गरेको निर्माण व्यवसायी खत्रीले बताए । बजार क्षेत्रको व्यस्त र घुम्ती रहेको स्थानमा सडक जीर्ण भएपछि मर्मत गरेको निर्माण व्यवसायी खत्रीको भनाई छ ।

सदरमुकाम भित्रकै जीर्ण सडकको अबस्थाले बजारको सौन्र्दयता समेत हराउदै गएको स्थानीयको गुनासो रहेको छ । तम्घास बजारक्षेत्र भित्र मर्मत गर्न बजेटको व्यवस्था भएपनि निर्माण व्यवसायीले काम नगरिदिँदा अहिले बजार क्षेत्र भित्र सडक भत्कीएर जोखिम बढ्दै गएको छ ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D