gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीका भण्डारीले स्कट्ल्याण्डमा २ वटा होटेल खोल्दै, रेस्टुरेन्टसँगै अब होटेल ब्यवसायमा पनी

हेल्सिन्की, डेसेम्बर १९ । गुल्मीमा जन्मेर बेलायतमा कर्मभुमी बनाईरहेका एकजनाले स्कटल्याण्डको पर्थ सिटी सेन्टरमा रहेको होटेल खरिद गरी सन्चालनमा ल्याउन लागेका छन् ।

रेस्टुरेन्ट ब्यवसायी काशिराम भण्डारीले ५ लाख पाउण्ड (झण्डै ८ करोड रुपैँया) लगानी गरेर होटेल सन्चालन गर्न लागेको स्थानिय पत्रीका द कुरियरले जनाएको छ ।

गत बर्ष सेप्टेम्बरमा एकाएक बन्द भएको ग्राम्पियन होटल भण्डारीले नयाँ साज सज्जाका साथ आगामी जनवरीको मध्य तिर सन्चालनमा ल्याउन लागेका हुन् ।

कुनै समय स्कटल्याण्डमा ११ वटा सम्म रेस्टुरेन्ट सन्चालन गरेका भण्डारीले बिस्तारै रेस्टुरेन्टहरुको संख्या घटाऊँदै होटेल ब्यवसाय तर्फ आकर्षित भएको बताउँछन् । हाल कोडेन्बेथको सिम्ला प्यालेस लगायत रेस्टुरेन्ट सन्चालन गरिरहेका ब्यवसायी भण्डारीले सन्चालनमा ल्याउन लागेको होटेलमा बार, रेस्टुरेन्ट र २ सय देखी २५० जना सम्म अट्ने पार्टिहल पनि रहनेछ ।

त्यस्तै भण्डारीले १० बेडरुमको अर्को होटल स्कटल्याण्ड किरकल्डीमा पनि छिट्टै खोल्न लागेको लण्डनबाट सन्चालित अन्लाईन नेपाली लिन्क्सले जनाएको छ । फ्रि-होल्ड प्रोपर्टी लिएर बनाइएको उक्त होटलमा ६० सिटिङको रेष्टरेन्ट र पब समेत रहनेछ ।

गुल्मी हंसरा १ रंगेवा स्थायी घर भएका भण्डारी सन् २००४ मा बेलायत पुगेका थिए । भण्डारीले भारत, दुबई र स्कटल्याण्डका हस्पिटालिटी क्षेत्रमा झन्डै ३८ बर्ष बिताईसकेका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D