gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीका भट्टराईले दिए एनआरएनए यूकेको महासचिवमा उम्मेदवारी

लन्डन । एनआरएनए यूकेको ९ सेप्टेम्बरमा हुने निर्वाचनमा संघका सचिव फडिन्द्र भट्टराईले महासचिवको उम्मेदवारी दिने घोषणा गरेका छन् । आधिकारिक मनोनयन दर्ता गर्ने समय आउन तीन दिन बांकी रहंदा भट्टराईले बिहीवार उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

गुल्मी मुसिकोट नपा स्थाई घर भई हाल लण्डनमा बसोबास गर्ने भट्टराईले प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा साउथ इष्ट लन्डन क्षेत्रका सामाजिक अगुवाहरुलाई साक्षी राखेर उम्मेदवारी दिने घोषणा गरे ।

phadindra bhattaraiदुई दशकदेखि बेलायत रहेका गुल्मी जिल्ला समाज यूकेका वर्तमान उपाध्यक्ष भट्टराई पत्रकारिता, साहित्य र समाजसेवामा उत्तिकै सक्रिय छन् । एनआरएनए यूकेमा सदस्य र सचिवको जिम्मेवारी वहन गरिसकेका उनले संघमा सामाजिक संरचनालाई जोडेर समावेशी रुपमा लैजान चुनौति रहेको बताए । ‘क्षेत्रीय प्रतिनिधित्वको चुनौति पनि छ’, भट्टराईले घोषणासभामा भने, ‘सबै चुनौति सामना गर्न म तयार छु ।’

वक्ताहरुले संस्थालाई गति दिन महासचिव पद महत्वपूर्ण रहने र भट्टराईमा त्यसको नेतृत्व गर्न सक्ने खुबी भएको चर्चा गरेका थिए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D