gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीका प्रेम गाहा मगर एनआरएनए यूकेको अध्यक्षमा बिजयी

लण्डन, अगस्त ०७ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) यूकेको अध्यक्षमा प्रेम गाहामगरको पूरै प्यानल विजयी भएको छ । एनआरएनए यूकेमा पहिलोपटक भएको अनलाइन मतदानमा उनले अध्यक्षका अरु दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई पराजित गरेका हुन्

निर्वाचन समितिले शुक्रबार राती एक पत्रकार सम्मेलन गरी निर्वाचित कार्यसमिति घोषणा गरे अनुसार अध्यक्ष निर्वाचित गाहामगरले ४ हजार ५ सय ७४ मत पाएका छन् भने अन्य उम्मेद्वार श्रेष्ठ र प्रधानले क्रमश: २ हजार १ सय ९१ र २ हजार १ सय ४८ मत प्राप्त गरेका छन् । त्यसैगरी २ उपाध्यक्षहरुमा सुनिलबाबु खड्का ४ हजार १ सय ६९ र गोविन्द खरेल ३ हजार ६ सय ६५ मतसहित विजयी भएका छन् ।

महिला उपाध्यक्षमा शकुन्तला गुरुङ ३ हजार ७ सय ४३ ल्याएर विजयी भइन् । नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा नारायण कंडेल ४ हजार ४ सय ९५ मत ल्याएर विजयी भए भने एनसीसी उपाध्यक्षमा स्कटल्यान्डबाट मोहन कार्कीले ४ हजार ५ सय ९५ मत ल्याएर विजयी भएका छन् ।

एनआरएनए यूके महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी भएका छन् भने २ सचिवमा क्रमशः चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ विजयी भए । कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्मा विजयी भए । युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भए ।

कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए । ११ हजार बढी पंजीकृत सदस्य भएको एनआरएनए यूकेले पहिलोपट अनलाइन मतदान मार्फत नेतृत्व चयन गरेको हो।

गुल्मीको तम्घासमा जन्मेका प्रेम गाहा मगर नेपालको पूर्व राष्ट्रिय बक्सिङ खेलाडी समेत रहेका थिए । उनी सन् १९९६ मा ब्रिटिश गोर्खामा प्रवेश गरेका थिए । साथै सन् १९९७ मा उनले ब्रिटिश सेनाको तर्फबाट विभिन्न मुलुकमा भएका बक्सिङ प्रतियोगितामा भाग समेत लिएका थिए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D