gulminews logo
आईतवार, २०८१ बैशाख २३

गुल्मीका पहिरो पीडितलाई अमेरिकाको टेक्सासबाट सहयोग

रमेश विश्वकर्मा
गुल्मी, भदौ ०६ । जिल्लाका पहिरो पीडितहरुलाई गुल्मी समाज ह्युस्टन, टेक्सास, अमेरिकाले आर्थिक सहयोग गरेको छ । समाजले सत्यवती गाउँपालिका वडा नं ३ ठूलोलुम्पेक, सोही गाउँपालिका वडा नं ४ लिम्घा र कालीगण्डकी गाउँपालिकाको भुर्तुङ्गका पहिरो पीडितहरुलाई ५ लाख ३० हजार ३ सय २७ रुपैंया आर्थिक सहयोग गरेको हो । समाजका कोषाध्यक्ष विश्व श्रेष्ठले गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उनले मृतकका सबै परिवारलाई प्रति परिवार २५ हजारका दरले समेत रकम हस्तान्तरण गरेका छन् ।

रकम हस्तान्तरण गर्दै समाजका कोषाध्यक्ष श्रेष्ठले दुःखमा परेकाहरुलाई केही भए पनि राहत मिलोस् भनि सहयोग गरेको बताए । उनले यो रकम वास्तविक पीडित सम्म पु¥याईदिन गाउँपालिका अध्यक्षलाई आग्रह गरे । कोषाध्यक्ष श्रेष्ठले आगामी दिनहरुमा पनि थप सहयोग गर्ने बताए । नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सहयोगका लागि गुल्मी समाज ह्युस्टन, टेक्सास, अमेरिकालाई धन्यवाद दिंदै पीडितको उद्वारका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले समन्वय गरी स्थायी बसोवासको व्यवस्था गर्न आग्रह गरे ।

गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले गुल्मी समाजलाई दुख प्रति देखाएको सहानुभूतिको प्रसंशा गर्दै धन्यवाद दिए । कार्यक्रममा सोही गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत, गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष, मृतक परिवरका सदस्यहरु तथा अन्य सर्वसाधारण लगायतको उपस्थित रहेको थियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D