गुल्मीका पत्रकारलाई अमेरिकामा सम्मान

शिकागो,
गुल्मेली पत्रकार सूर्य थापा अमेरिकामा सम्मानित भएका छन् । गुल्मी जिल्ला सिर्सेनि घर भई हाल अमेरिकामा रहेर पत्रकारितामा सकृय रहेका पत्रकार थापालाई शिकागोमा भएको नेपाली नेशनल कन्भेन्सनमा सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले थापालाई मायाको चिनो प्रदान गर्दै पत्रकारिता क्षेत्रको सफलताको कामना गर्नुभएको थियो । गुल्मीको सिर्सेनिमा जन्मेर काठमाण्डौबाट पत्रकारिता थालेका थापा हाल बिगत ८ बर्षदेखी अमेरिकामा छन् ।
श्रीमती र दुई छोरी सहित अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका थापा न्यूयोर्कबाट सञ्चालन हुने ह्वाईट हिमाल टेलिभिजनका प्रबन्ध निर्देशक थिए भने हाल यु स्टार्ट अगेन कार्यक्रमका निर्माता तथा प्रस्तोता समेत हुन् । थापाले अमेरिकामा रहेका नेपालीहरुका सरोकार राख्ने बिभिन्न बिषयमा कार्यक्रमहरु निर्माण गर्दै आएका छन् । पत्रकार सूर्य थापाले आफुलाई यस प्रकार सम्मानले थप हौसला प्रदान गरेको भन्दै सबैलाई धन्यबाद दिएका छन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D