gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीका निर्माण ब्यवासायीलाई ५८ करोड भुक्तान दिन बाँकी

हुमाकान्त पोखरेल
०३ असार, गुल्मी । रुद्रवेणी–वामीटक्सार–दरमखोला सडक जिल्लाको क्षेत्रिय तथा पर्यटकीय महत्वको बहुबर्षिय सडक हो । २०७४ असारको अन्त्यतिर गजुर्मुखी निर्माण सेवा, मोतिदान कन्ट्रक्सन सेवा लगायतका पाचँ निर्माण कम्पनीले पाचँ खण्डमा सडक निर्माण गर्ने जिम्मा पाए ।

सडकको कुल लागत ५० करोड हो । ७० प्रतिशत काम पनि भएको छ । काम सकेको बिल पनि तम्घास सिमलटारी प्युठान आयोजनामा पेश गरेको छ । तर अझै १५ करोड भुक्तान हुन बाँकि छ । त्यस्तै खज्र्याङ–चारपाला–गौडाकोट–जुभुङ्ग–मजुवा–शान्तिपुर सडक निर्माणको लागि ११ करोड ७३ लाख २६ हजार चार सय ५२ को ठक्का सम्झौता भएको छ । निर्माणको जिम्मा पाएको आशिष हरि हरि पन्थ जेभीले अहिलेसम्म एक करोड ५० लाख बराबरको काम सकेको छ । तर एक रुपैयाँ अहिलेसम्म भुक्तानी पाएको छैन् । त्यस्तै राक्से–पौदी अमराई–कल्यार–इस्मा रजस्थल–फुलबारी सडकको अवस्था पनि उस्तै छ । यो सडक कुल छ करोड ४३ लाख तीन हजार नौ सय १६ रुपैयाँमा रामेछाप शेर्पा कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ ।

अहिलेसम्म साढे दुई करोडको काम गरेपनि सम्झौता अनुसारको एउटा बिल पनि भुक्तानी नभएको निर्माण कम्पनीका संचालक बिरेन्द्र भुसालले बताए । रामेछाप शेर्पा कन्स्ट्रक्सनले अर्को झण्डै १० करोडको रातडाँडा–मुसिकोट–पौदी अमराई–नेटा दर्लिङ्ग–ह्वाङदी सडक निर्माणको काम पनि गरिरहेको छ । भुसालका अनुसार त्यो सडकको पनि दुई करोड बराबरको काम सकिए पनि भुक्तानी भएको छैन् ।

सवै सडकका काम रोकिने खतरा
समयमै रकम नआउँदा केहि पुरा हुने अबस्थामा रहेका आयोजनाहरु पनि केहि रोकिएका छन् । केहि समय नै यस्तै अवस्था रहे सवै रोकिने भएका छन् । साइन कन्स्ट्रक्सन प्राली अनाम नगरले जिल्लाका तीन वटा अन्य शहरी सडकको काम गरिरहेको छ । प्रालिका संचालक चुरा खत्रीले अबको केहि दिनमा आयोजनाले रकम भुक्तान नगरे सवै काम रोकिने बताए । ‘काम गरेपनि रकम पाइएको छैन सय कडा पाँच रुपैयाँका दरले क्रृण खोजेर काम गरेका छौ ।’ उनले भने, ‘रकम नभएर काम रोक्नुपर्ने अवस्था छ ।’

अहिले मेसिन, पेट्रोल पम्प, राशन र कामदारलाई पैसा तिर्न अत्यन्तै गाह्रो भएको उनले गुनासो गरे । धेरै ठाउँका सडकमा काम गरिरहेका कामदारहरु पनि ठेकेदारले पैसा दिन नसकेपछि छोड्नुपर्ने अवस्थामा पुगेका छन् । तम्घास सिमलटारी सडकखण्डमा काम गरिरहेका भिम बहादुर पुनले लामा समयदेखि काम गरेको पैसा नपाउँदा घरखर्च चलाउन मुस्किल परेको बताए । ‘अब काम गर्ने अवस्था नै छैन्, भएको सवै लगानी भैसक्यो,’निर्माण व्यावसायी बिरेन्द्र भुसालले भने,‘कामदारले घर घेर्ने अवस्था आएको छ ।’ उनले दिउँसोभरी काम गरेर बिहान बेलुका गुजरा चलाउने कामदारहरुलाई एकदमै समस्या भएको बताए ।

राज्यसंगको विश्वास के ?: निर्माण व्यावसायी संघ
राज्यसंगको विश्वासमा सवै श्रीसम्पती सकेर काम गरेपनि लामो समय पैसा नपाउँदा काम गर्ने कि छोड्ने भन्ने अन्यौलता रहेको निर्माण व्यावसायीहरु बताउँछन् । ‘काममा ताकेता गर्ने राज्यले रकम भुक्तान दिन मान्दैन ।’ निर्माण व्यावसायी संघ गुल्मीका अध्यक्ष नारायण पोखरेलले भने, ‘निर्माण व्यावसायीहरुलाई काम गर्न निकै गाह्रो परेको छ ।’ पोखरेलले अहिलेसम्म राज्यले क्षेत्रिय तथा पर्यटकीय महत्वका र अन्य शहरी सडका लागि बजेटको कुनै व्यवस्था नगरेकाले निर्माण व्यावसायीहरुले कति दिन सम्म लगानी गर्ने भन्ने बारेमा टुङ्गो नै नभएको बताए ।

निर्माण व्यावसायीले काम सम्पन्न गरेको १५ दिनमा भुक्तानी पाउनुपर्ने व्यावस्था भएपनि लामो समयदेखि आफुले करोडौ रुपँैया पनि भुक्तान पाउन नसकेको श्रेष्ट कन्स्ट्रक्सनका संचालक हरि कुमार श्रेष्टले बताए । पटक पटक आयोजनाको ध्यानाकर्षण गराएपनि अर्थ मन्त्रालयले नै बजेट नपठाएको जवाफ आयोजनाले दिने गरेको निर्माण व्यावसायी श्रेष्टले बताए । ‘काम नगर्नेलाई पक्राउ गर्ने नीति राज्यको ठिकै हो, समयमै काम गर्नेलाई कारवाही पनि गर्नुपर्छ ।’ उनले भने, ‘तर गरेको कामको भुक्तान हुनुथ्र्यो तर त्यो नहुँदा राज्यको विश्वास गर्नै गाहे छ ।’ शहरी विकास तथा भवन निर्माण पाल्पाबाट पनि गुल्मीका निर्माण ब्यवसायीहरुको १० करोड भुक्तान दिन बाँकि रहेको उनले बताए ।
५४ सडकको ५८ करोड भुक्तानी बाँकी

गुल्मीमा हाल चारवटा सडकमा ठूलो लगानीमा काम भइरहेको छ । त्यस्तै अन्य ५० वटा मझैला तथा साना सडकको काम भइरहेको छ । यी सडकहरु हेर्ने दायित्व तम्घास सिमलटारी प्युठान सड्क आयोजना हो । आयोजनाका अनुसार साना–ठूला सडकको गरी ५८ करोड ७५ लाख रुपँैया भुक्तान दिन बाँकि छ । रुद्रवेणी–वामीटक्सार–दरमखोला सडकको भएको काममध्ये पनि १५ करोड भुक्तान दिन बाँकि छ ।

त्यस्तै छल्दि–इन्द्रगौडा सडकको सात करोड, तम्घास–नेटा सडकको दुई करोड र बलेटक्सार रिङरिज सडकको पनि ७५ लाख भुक्तान दिन बाँकि रहेको तम्घास सिमलटारी प्युठान सड्क आयोजनाका प्रमुख सुजन अधिकारीले जानकारी दिए । काम सम्पन्न गरेका निर्माण व्यावसायीहरुले प्रति कम्पनी दुई लाख देखि १५ करोड सम्म भुक्तानी लिनुपर्ने छ । ‘धेरै निर्माण व्यावसायीहरुले काम सम्पन्न गरेर भुक्तानी मागेका छन्,‘ आयोजना प्रमुख अधिकारीले भने, ‘मन्त्रालयबाट रकम नआउँदा भुक्तानी दिन मुस्किल परेको छ ।’

राज्यले निर्माण व्यावसायीसंग सम्झौता गरेर काममा लगाएपछि बजेट नै कटौती गरेर निराश बनाएको अधिकारी बताए । ‘राज्यले नै सम्झौता गरेर काम लगाएपछि बजेटको व्यावस्था हुनुपर्छ,’उनले भने,‘बिडम्बना अहिलेको बजेटमै बजेट शिर्षक छुटेको छ ।’ जसका कारण अर्थ मन्त्रालयले बजेट पठाउन सकेको छैन् ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D