टोपलाल अर्याल
गुल्मी, १७ माघ । गाउँ–गाउँमा कोभिड–१९ को संक्रमणको जोखिम रहेको पाइएको छ । स्वास्थ्य कार्यालय गुल्मीले कोभिड–१९ को संक्रमण भएका पालिकाका गाउँहरुमा ¥यानडम्ली एन्टिजिन परिक्षण थालेका छ ।
सोमबार रुरु क्षेत्र गाउँपालिकाका तीन ठाउँमा एक सय ३२ जनाको कोभिड–१९ परिक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको छ । रुरुका टक्सार, बम्घा र थानपति गाउँमा भेटिएका सवैलाई एन्टिजिन परिक्षण गरिएको थियो । परिक्षण गरिएका ५० प्रतिशतमा संक्रमण पाइएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार संक्रमित मध्ये १५ प्रतिशत बालबालिका रहेका छन् । उनले छोटो समयमै गाउँ–गाउँमा संक्रमण भएकाले स्वास्थ्य सुरक्षा र रुरुको टोल शिक्षा रोक्न सुझाव भिदए । ‘तीन गाउँमा भेटिएका नागरिकलाई ¥यानडम्ली एन्टिजिन परिक्षण गर्दा ५० प्रतिशतमा संक्रमण सामान्य कुरा होइन,’उनले भने,‘अझै केहि समय सरकारी कार्यालय र बिद्यालयले ख्याल गर्नुपर्छ ।’ उनले मंगलबार छत्रकोट त्यसपछि कालिगण्डकी र मालिका लगायतका पालिकाहरुका गाउँमा परिक्षण गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख आचार्यले बताए ।
जिल्लामा अहिले पाँच सय ४३ जना संक्रिय संक्रमित रहेका छन् । जिल्लामा अहिलेसम्म एक लाख ३५ हजार छ सय ४६ ले पहिलो र एक लाख दुई हजार दुई सय ९० जनाले कोभिड–१९ विरुद्धका दोस्रो खोप पाएका छन् ।
प्रशासनले आंशिक सेवा प्रबाह गर्ने
जिल्ला प्रशासन कार्यालय गुल्मीले माघ ११ गतेबाट बन्द गरेको सेवा प्रबाह आंशिक रुपमा संचालन गर्ने निर्णय गरेको छ । सार्वजनिक सूचना प्रकाशन गरेर माघ १९ गतेबाट राहादानी वितरण, दलित, आदिवासी जनजाति र पेन्सन प्रमाणीत सम्बन्धी काम गर्ने जनाएको छ । त्यस्तै माघ २३ गतेबाट स्थानीय तहको पालो बाँडेर नागरिकता सम्बन्धी सेवा सुचारु गर्ने प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए । आइतबार र सोमबार रुरु क्षेत्र गाउँपालिका, सत्यवति गाउँपालिका, कालिगण्डकी गाउँपालिका र चन्द्रकोट पाउँपालिकाका नागरिकले नागरिकता सम्बन्धी सेवा पाउनेछन् ।
त्यस्तै मंगलबार र बुधबार मुसिकोट नगरपालिका, मालिका गाउँपालिका, मदाने र इस्मा गाउँपालिकाका नागरिकको पालो निर्धारण भएको छ । भने बिहिबार र शुक्रबार रेसुंगा नगरपालिका, गुल्मी दरवार गाउँपालिका, छत्रकोट र धुर्कोट गाउँपालिकाका नागरिकलाई नागरिकता सम्बन्धी सेवा प्रबाह हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सेवा दिन आउँदा खोप लगाएको कार्ड अनिवार्य गरिएको छ ।