gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीका कमल २१ दिनदेखि मलेसियामा सम्पर्क बिहिन, दशैको बेला परिवारमा रुवाबासी

टोपलाल अर्याल
गुल्मी, ११ असोज । रोजगारको लागि मलेसिया पुगेका रेसुंगा नगरपालिका ७ का ३६ बर्षीय कमल नेपाली सम्पर्क बिहिन भएका छन् । उनी भदौ २१ गतेदेखि परिवारको सम्पर्कमा नभएको श्रीमती माया नेपालीले बताइन् । कमल ०६८ सालदेखि मलेसियाको HLRB PROCESSING SDN कम्पनीमा कार्यरत छन् । उनको भदौ २१ गतेसम्म परिवारसंग सम्पर्क भएको थियो ।

भदौ २३ गते साँझ कमलका साथीहरुले परिवारलाई फोन गरे । साथीहरुका अनुसार कमललाई मलेसिया प्रहरीले भदौ २२ गते पक्राउ गरेको छ । पक्राउ पर्नुको कारण साथीहरुले खुलाएनन् । परिवार झनै अनबिज्ञ छ । ‘परदेशको कुरा पक्राउ परे वा अरु केहि भयो अत्तोपत्तो छैन्,’मायाले रुँदै भनिन्, ’मैले कहाँ गएर गुहार मागौ ।’ कमल पछिल्लो समय ०७६ माघमा मलेसिया गएका थिए । कमललाई खोजि गरिदिन आमा बाटुवा नेपाली र श्रीमति पत्रकारहरु खोज्दै तम्घास आएका छन् ।

मलेसियामा कमलसंगै धुर्कोट गाउँपालिका ६ का धनुष जिसी कोठामा बस्दै आएका थिए । अहिले परिवारले केहिलेकाँही मलेसियाका रहेका जिसीसंग सम्पर्क गर्ने गरेका छन् । चाडपर्व बेला परदेश पसेको आफन्त बेपक्ता भएपछि परिवार शोकमा डुवेको छ । ‘दशैमा सवैको परदेशी घर आउँदा छोराको अत्तोपत्तो छैन,’आमाले गहभरी आँसु बनाउँदै भनिन,‘पत्रकारहरुले न्याय दिनुहोस् । कमलको श्रीमति, एक छोरा एक छोरी रहेका छन् । श्रीमति मायाले १० औ बर्ष एउटै कम्पनीमा बिताएको कमलको बिषयमा कम्पनीले समते परिवारलाई कुनै जानकारी नदिएको गुनासो गरिन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D