gulminews logo
मंगलवार, २०८१ बैशाख ४

गुल्मीका कंडेलले गरे अमेरिकाको बाल्टिमोरमा आत्महत्या

अमेरिका । गुल्मी घर भई हाल अमेरिकामा अध्ययनरत एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् । गुल्मी श्रीङ्गा स्थाई घर भएका कंडेलको परिवार हाल काठमाडौं शंखमुलमा बस्ने गर्दछ ।

२३ बर्षीय कँडेलले बाल्टिमोर स्थित आफु बस्ने घरको लन्ड्री रुममा झुन्डिएर आत्महत्या गरेको गरेका हुन् । १५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका आएका कँडेलले डिप्रेशनका कारण आत्महत्या हुन सक्ने बुझिएकोछ । प्रहरीले अनुसन्धान गरी आत्महत्या भएको पुस्टि भैसकेको र उनको मृत शरीरलाई MAC NABB Funeral Home बाल्टिमोरमा राखिएको छ । दाह सँस्कार के कसरी गर्ने भन्ने सन्दर्भमा परिवार र स्थानिय नेपाली समुदाय बिच छलफल चलिरहेको बताईएको छ ।
prashidda kandel
समाजसेबी चेतनाथ कंडेलका दुई छोरामध्ये जेठा प्रसिद्ध कँडेल १५ महिना अगाडि अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका आएका थिए । ८ महिना अगाडि उनले बाल्टिमोरमा कलेज ट्रान्सफर गरेका थिए । उनी अप्रिलदेखि बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत थिए । काठमाडौंको चेल्सी एकेडेमीमा पढेका कँडेल जेहेन्दार र तेजिला विद्यार्थी थिए । उनी ठुली आमाकी छोरी अर्थात दिदी र भिनाजु त्यहाँ भएकाले बाल्टिमोर सरेको बुझिएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D