gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मीका एक दर्जन सडकमा बससेवा बन्द, कहाँ कस्तो छ अवस्था हेर्नुस्

अनिल खत्री
२८ असार, गुल्मी । अविरल वर्षाका कारण गुल्मीका एक दर्जन वढि सडकमा बससेवा बन्द भएको छ । वर्षातका कारण बाटो बिग्रीएसँगै जिल्लाका एक दर्जन सडकमा बस सेवा बन्द भएको पश्चिम नेपाल बस व्यवसायी समिति गुल्मीले जनाएको छ ।

जिल्लाको सदरमुकाम तम्घासबाट जिल्लाको इस्मा, अर्जै, सिमलटारी, पुर्कोटदह, पौदीअमराई, नेटा लगायतको स्थानमा पुग्ने कच्ची सडक बिग्रीएकाले सवारी साधन सञ्चालन बन्द भएका छन् । पानी पर्ने क्रम नरोकिएपछि तम्घासबाट छल्दी, सिमलटारी र मुसिकोटमा मात्रै बससेवा सुचारु भएको पश्चिम नेपाल बस व्यवसायी समिति गुल्मीले जनाएको छ ।

पानी बन्द भएको खण्डमा बस्तु र इस्मा बससेवा सुचारु गर्न सकिने पश्चिम नेपाल बस व्यवसायी समिति गुल्मीका नारायण पन्थीले बताए । पानी परेपछि गुल्मी यातायातबाट छुटने सवारी साधनहरु सिर्सेनी,नेटा दलिङ्ग, ह्वाङदी, छापहिले लगायतका स्थानहरुमा बन्द भएको गुल्मी यातायत व्यवसायी समिति गुल्मीका डोलबहादुर कुँवरले बताए । अन्य स्थानमा शनिवारसम्म सवारी साधनहरु पुग्ने गरेको कुँवरले बताए । ग्रामीण भेगका कच्ची सड्क वर्षातको पानीले बगाउँदा सड्कमा खाल्डा हुनुका साथै कतिपय स्थानमा पहिरोले धेरै सड्क जोखिम बनाएको छ ।

यता वर्षातले रुद्रवेणी–वामीटक्सार सडकखण्ड पटक पटक अवरुद्ध बन्ने गरेको छ । सत्यती गाउँपालिका अन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खस्ने र हटाउने क्रम चलिरहेको छ । पहिरोले सडक छिनमै खुल्ने बन्द हुने गर्ने गरेको छ ।

सडक अवरुद्ध बनेपछि सवारीसाधन सञ्चालन नहुँदा सदरमुकाम तम्घासमा आउनेलाई समेत समस्या भएको छ । जिल्लाको अन्य स्थानका धेरै साना कच्ची सडकहरु वर्षातको भेलले खाल्डा खुल्डी पारेपछि सडकमा बन्द हुँदै आएका छन् ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D