gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मीका अर्यालको लण्डन भोगाई “थेम्स डायरी” बजारमा

सन्जु काउछा
गुल्मी स्थाई घर भई हाल बेलायतमा बस्दै आएका गुल्मीका एक युवाले “थेम्स डायरी” नामक पुस्तक प्रकाशित गरेका छन् । झन्डै १ दशक देखीको आफ्नो लण्डन भोगाई, संघर्ष र सफलताको अनुभबहरुको सँगालो स्वरुप रवि अर्यालको उक्त पुस्तक बजारमा ल्याएका हुन् । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वार्ड नं ८ (साविकको तुराङ दाङसिङ) घर भएका अर्याल झन्डै १ दशक देखी बेलायतमा बस्दै आएका छन् ।

बुलबुल पब्लिकेशन मार्फत बजारमा आएको उक्त पुस्तकको छिट्टै एक औपचारिक कार्यक्रम गरी बेलायतमा विमोचन गराउने लेखले फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
thames diary
विभिन्न पत्रपत्रिकाहरुमा समेत नियमित रुपमा समसामयिक लेख, रचना र कथाहरु प्रकाशित गर्दै आएका अर्याल चोटिला र रमाइलो स्टाटसहरुका कारण सामाजिक सञ्जाल प्रयोगकर्तामाझ पनि लोकप्रियता कमाउन सफल छन् ।

पुस्तक प्रकाशित भए लगत्तै एक पाठक लीलाधर पौडेलले यस्तो प्रतिकृया दिएका छन्, “रवि अर्यालद्वारा लिखित रोमान्टिक उपन्यास थेम्स डायरी पढेर सकियो । सुरुका केही पन्नाहरु पढ्दा लेखक चुकेछन झैं लाग्यो तर कथाले गति लिन थालेपछि छोड्नै मन लागेन । पात्रहरुले अँठ्याउंछन् । बिम्ब र रोमान्सले भुलाउंछ ।” उनी अगाडी थप्छन्, “पढ्दा एकछिन् संसार भुलेर अर्कै काल्पनिक दुनियांमा डुबुल्कि मारेझैं बनाउँछ ।जेहोस अन्त्य पनि रमाइलै पाराले बीट मारेका रहेछन । उनको यो प्रयासको सफलताको कामना गर्छु । लन्डनमा बस्ने युवायुवतीको जिन्दगीसंग धेरै नजिकिएको यो पुस्तक सबैले पढ्दा समय खेर फालेको अनुभव गर्नुपर्ने छैन । शुभकामना !”

थेम्स डायरी पढ्न चाहने नेपाल बाहिरका पाठकहरुले लागि छिट्टै अन्लाईनमा ईबे (Ebay) मार्फत अर्डर गर्ने ब्यवस्था गर्न लागिएको र हालको लागि उपन्यासको फेसबुक पेजमा मेसेज गरी लेखक स्वयमलाई सम्पर्क गरेर आफ्नै ठेगानामा मगाउन सकिने लेखक अर्यालले जानकारी दिए । त्यस्तै नेपाल भित्रका पाठकहरुको लागि तल उल्लेखित स्थानहरुमा पुस्तक उपलब्ध हुने पनि अर्यालले जानकारी दिए:

चितवन: सुनगाभा पब्लिकेसन,नारायणगढ बजार
बुटवल: हिमालय बुक हाउस,विशाल पुस्तक सदन,प्रभात बुक्स
गुल्मी: जनता स्टेशनरी पसल, तम्घास
पोखरा: सिस्ने पुस्तक पसल

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D