gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

गुल्मीका अर्जुन कुमाल: राष्ट्रिय टिमको क्लोज क्याम्पका कान्छा खेलाडी, पीएम कपमा देखियो ब्याटिङ जादु

सन्जु काउछा
माघ २६ । गुल्मीका १५ बर्षिय अर्जुन कुमाल जो यतिबेला नेपाली खेल जगतमा हटकेकका रुपमा चर्चित छन् । केही हप्ता अघी सम्पन्न प्रधानमन्त्री कप भन्दा पहिले सम्म गुमनाम जस्तै रहेका कुमाल प्रधानमन्त्री कपमा एकाएक चर्चामा आए । नेपाल क्रिकेट संघ (क्यान) ले ओमान भ्रमणको लागि गत बिहिबार ३२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलायो । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । सो प्रशिक्षणमा गुल्मीका १५ वर्षिय युवा ब्याट्सम्यान अर्जुन कुमाललाई पनि बोलाईएपछी भने उनको चर्चा एकाएक चुलियो ।

पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका अर्जुनले दिल्लीबाट आएर आईतबारदेखी नै राष्ट्रिय टिमको क्याम्पमा अभ्यास सुरु गरिसकेका छन् । अर्जुन बन्द प्रशिक्षणमा बोलाइएका सबैभन्दा कान्छा खेलाडी हुन् । पहिलो राष्ट्रिय प्रतियोगिताका रुपमा गण्डकी प्रदेशबाट प्रधानमन्त्री कप खेल्दै उत्कृष्ट प्रदर्शन गरेपछि कुमाल छनोटकर्ताको नजरमा पर्न सफल रहे । प्रतियोगितामा गण्डकीको प्रदर्शन राम्रो हुन नसकेपनि व्यक्तिगत रुपमा कुमालले उत्कृष्ट प्रदर्शन गरेर सबैको ध्यान तान्न सके। पीएम कपमा गण्डकी प्रदेशका लागि सर्वाधिक रन बनाएका उनले ४ खेलमा ११७ रन बनाए। प्रतियोगितामा कर्णालीविरुद्ध ४६, प्रदेश १ विरुद्ध ३५ र त्रिभुवन आर्मी क्लबविरुद्ध ३६ रन जोडेका थिए उनले । त्यसैले त उनी कलिलो उमेरमै राष्ट्रिय टोलीको क्याम्प सम्म बोलाइए।

पहिलो पटक म राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्दा धेरै भन्दा धेरै खुसी भएको उनले प्रतिकृया दिएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्छु भन्ने नलागेको र अब मौका मिलेपछी धेरै कुरा सिक्न पाइनेमा आफु उत्साहित रहेको उनले बताए ।

यसअघी नेपाली क्रिकेट टोलीबाट उमेर समूहमा भने उनले प्रतिनिधित्व गरिसकेका छन् । उनले २०१९ मा थाईल्यान्डमा नेपालबाट यू-१६ खेलेका थिए ।

कुमालको पुर्खौली घर गुल्मी भए पनि हाल उनी बुवाआमासँगै भारतको नयाँदिल्लीमा बस्दै आएका छन् । उतै जन्मेकाले प्रष्ट नेपाली भाषा बोल्न नजान्ने उनी बुझ्न भने स्पष्टसँग बुझ्छन् । कुमालका बुवा झन्डै २४ बर्ष अगाडी गुल्मीबाट कामको सिलसिलामा भारत गएका थिए र हाल उनी दिल्ली स्थि त एक चस्मा फ्याक्ट्रीमा काम गर्दछन् । कुमाल यतिबेला प्रशिक्षणको लागि आफ्नी आमासँगै नेपाल आएका थिए । कुमाल आफु प्रशिक्षणमा रहँदा आफ्नी आमा भने पुर्ख्यौली थलो गुल्मी गएको बताउँछन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D