gulminews logo
बुधबार, २०८१ बैशाख १९

गाउँको पुस्तकालयका लागि बेलायतका नेपाली कुकद्धारा १० लाख रुपैँया संकलन

ओमा थापा काउचा
बेलायत, १५ मे । नेप्लीज सेफ एसोसियसन युकेले नेपालको विद्यालयमा पुस्तकालय व्यवस्थापनका लागि १० लाख रुपैयाँ संकलन गरेका छन् ।

१३ मे दिन नेप्लीज सेफ एसोसियसन युकेद्धारा युकेको मिल्याण्डस्थित ओल्डवरीस्थित द स्यामसन ब्यांक्युटिङमा आयोजना गरिएको च्यारिटी डिनरका अवसरमा उक्त रकम संकलन गरिएको हो ।

निलकण्ठ नगरपालिका धादिङ १४ स्थित धुँवाकोटमा रहेको तमैरातमाटे माध्यमीक विद्यालयमा पुस्तकालाय निर्माणका लागि उक्त च्यारिटी डिनरको आयोजना गरिएको एसोसियसनका अध्यक्ष दधि आचार्यले बताए ।

५५० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा पुस्तकालय अभाव रहेका कायण त्यसको व्यवस्थापनका लागि च्यारिटी कार्यक्रमको आयोजना गरिएको पनि अध्यक्ष आचार्यले बताएका छन् ।

सो अबसरमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले सेफहरुले सुरु गरेको उदाहरणीय कार्यको प्रशंसा गरेका थिए । सुवेदीले नेपाली खाना, पर्यटन प्रवद्र्धन र मातृभूमिका लागि मरिमेट्ने सेफहरु देशको सच्चा राजदूत भएको पनि बताएका थिए ।

त्यस्तै एसोसियसनका संस्थापक अध्यक्ष कृष्ण तिमिल्सेनालाई राजदूत सुवेदी र अध्यक्ष आचार्यले तिमिल्सेनाले समाजप्रति गरेको योगदानको कदरस्वरुप दोसल्ला ओढाएर सम्मान गरिएको थियो । तिमिल्सेनाले बेलायतमा छरिएर रहेका नेपाली सेफहरुलाई एकजुट बनाउँदै सन् २०१२ मा नेपाली सेफ एसोसियन बेलायतको स्थापना गरेका थिए ।

त्यस्तै एसोसियसनका अध्यक्ष आचार्यले बेलायतका विभिन्न क्षेत्रमा यस्ता कार्यक्रमको आयोजना गरिने बताउँदै यस्ता परोपकारी कामहरुहरुलाई निरन्तरता दिने बताएका थिए ।

भुपेन्द्र पाठकको संचालन,संयोजक कृष्ण ढकालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका उपाध्यक्षहरु पुनम गुरुङ, शेर बहादुर सुनार, प्रेम गाहामगर, नेपाल पत्रकार महासंघका वरिष्ठउपाध्यक्ष धुर्वराज अर्याल, साझा नेपाली समाज युकेका अध्यक्ष महेश अधिकारी, मनकामना महिला समहुकी उपाध्यक्ष देवी सापकोटा,गल्कोट नेपाली समाज युकेकी अध्यक्ष राजु कंडेल र्सिजनशील समाजकी कोपिला अधिकारी, शान्ति नेपाल समाज युकेका अध्यक्ष लिला बहादुर थापा, हाम्रो नेपाली समाजका अध्यक्ष शिव खरेल, नोटिंघम नेपाली समाजका अध्यक्ष गोविन्द खरेल तथा रामशरण सिंखडा र पत्रकार फडिन्द्र भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।

झण्डै ५ सय नेपाली सेफहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी तथा पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा कलाकारहरु प्रिती आले, कुलेन्द्र विक, अर्जुन काफ्ले दीपाशा ‘जलपरी” शिक्षा पौडेल, चन्चल पन्थीको बेजोड सांगितीक प्रस्तुति रहेको थियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D