gulminews logo
बिहीबार, २०८० चैत्र १५

गलकोट समाज जापान क्षेत्रिय समितिको ५ औं अधिवेशन सम्पन्न, अध्यक्षमा खत्री

कौरव खत्री
बागलुङ, १ असौज । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोमा ५ औं अधिवेशन अधिवेशन सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनले रमेश कुमार खत्रीको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्य समितिको उपाध्यक्षमा राजु बस्नेत, दुर्गा खत्री,हिमाल कंडेल र दुर्गा थापा रहेका छन् भने सचिवमा दिनेश थापा,सह–सचिवमा रविन के.सी,बसन खत्री,सह–कोषाध्यक्षमा प्रकाश न्यूरे र प्रकास के.सी.,लेखा समिति संयोजकमा कृष्ण गौतम, उपसंयोजकमा सन्तोष पुन र दिपक सुवेदी रहेका छन् ।

त्यस्तै कार्य समितिको सदस्यहरुमा दण्ड के.सी,राजन कंडेल,दिपक सुवेदी,डम्मर खत्री,थम क्षत्री, धन बहादुर खत्री,मिलन गैरे, महेश तुलाचन, गगन खत्री, रामु खत्री, प्रकाश कार्की र तेजेन्द्र सिंह बस्नेत रहेको छन्। पाँचौं अधिवेशन मार्फत नयाँ कार्यसमित चयन गरिएको गलकोट समाज जापानका संरक्षक बेलुकाजी थापाले जानकारी दिए

गलकोट समाज जापानका केन्द्रीय अध्यक्ष दिलु खत्रीको प्रमुख आतिथ्ता समाजका केन्द्रीय संस्थापक अध्यक्ष कृष्ण गौचनको विशेष आतिथ्यता रहेको कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरु,सक्रिय सदस्यहरू लगायतलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा संस्थाका सचिव दुर्गा खत्रीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका कोषाध्यक्ष राजु बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कार्य समिति सदस्य दिनेश थापाले धन्यवाद मन्तव्य राखेका थिए । टोकियोको सोलमारी मुरा हलमा सम्पन्न कार्यक्रम समाजका अध्यक्ष महेन्द्र साहानीको अध्यक्षता,उपाध्यक्ष रमेश कुमार खत्रीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव दुर्गा खत्रीले गरेका थिए ।

समाजले स्थापनाकाल देखि नै विभिन्न सामाजिक क्षेत्रमा सहयोग गदै आइरहेको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D