खर्ज्याङ बजार जान्छु भनी हिँडेका ब्यक्ती मृत भेटिए, मृत्‍युको कारण खुलेन

गुल्मी, माघ १ । गुल्मीमा एक ब्याक्ती मृत फेला परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वार्ड नं ५ बस्ने ५० वर्षीय दुधे नेपाली मृत फेला परेका हुन् । सोही गाउँपालिकाको कन्नपोखरी भन्ने स्थानमा नेपाली सोमबार मृत फेला परेको नेपाल प्रहरीले आफ्नो अधिकारिक वेबसाईट मार्फत जानकारी दिएको छ ।

गत शनिबार स्थानीय बजार खर्ज्याङ् जान्छु भनि हिँडेका नेपाली बेलुकासम्म घर नफर्केपछी खोजी कार्य सुरु भएको थियो । नेपाल प्रहरीलाई पनि खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, तम्घासले प्रहरी चौकी खर्ज्याङ गुल्मीलाई नेपालीको खोजी कार्यको लागि निर्देशन दिएको थियो । धुर्कोटबाट खटिएको प्रहरी टोलिले खोजी गर्ने क्रममा कन्नपोखरी भन्ने स्थानमा सडकबाट करिब २५ मिटर तल नेपाली शव फेला परेको प्रहरीले जनाएको छ ।

नेपालीको मृत्‍युको कारण भने खुल्न सकेको छैन । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D