gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

क्रिकेट प्रेमीको मन मस्तिष्कमा बस्न सफल गुल्मीका सागर

डि.बी. खड्का
गुल्मी, ६ साउन । भौगोलिक दृष्टिले विकट मानिने प्रदेश नम्वर पाँचको पहाडी जिल्ला गुल्मीमा जन्मेका सागर ढकालको नाम पछिल्लो समय क्रिकेट प्रेमीको मन मस्तिष्कमा बस्न सफल भएको छ । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ५ हँसरामा जन्मेका सागर ढकालाई अहिले नेपाली क्रिकेटको भविष्यको रुपमा हेर्न थालिएको छ ।

हंसराको कालिका प्राथमिक विद्यालयको सानो खेलमैदानबाट सुरु भएको उनको खेल जिवन छोटो समयमै अहिले अन्तर्राट्रिष्य स्तरसम्म पुग्न सफल भएको छ ।

पर्याप्त खेलमैदान, स्रोत साधनको अभाव निरन्तर रुपमा रहेता पनि सागरको क्रिकेटर बन्ने सपनामा दिन प्रतिदिन उत्साह बढ्दै थियो । नेपालका ठुला लिगहरु एभेष्ट प्रिमियर लिग , धनगढी प्रिमियर लिग र प्रधानमन्त्री कप खेलि सकेर एक वर्ष अघि यु–१९ को राट्रिष्य टिममा डेब्यु गरेका ढकालले हालै मलेशियामा सम्पन्न एसीसी यू–१९ एसिया कपको पूर्वी क्षेत्रीय छनोट प्रतियोगितामा तहल्का नै पिटे ।

फोटो: सल्लेरीखबर

नेपालले एसिया कपको पूर्वी क्षेत्रीय छनोट प्रतियोगिताको उपाधि उचाल्दा सागरको भुमिका महत्वपुर्ण रह्यो । सागरले चीनविरुद्ध ६, हङकङविरुद्ध ५, मलेसियाविरुद्ध ३ र सिंगापुरविरुद्ध १ विकेट लिँदै ४ खेलमा कुल १५ विकेट लिँदै प्लेयर अफ द टुर्नामेन्ट बन्न सफल भए ।

क्रिकेटर सागर ढकाल भन्छन् “सुरुसुरुमा बुबमआमा त्यती खुसी हुनु हुन्थेन । बिस्तारै बिस्तारै खेलमा सुधार हुँदै गयो र नाम आउन थालेपछी बुबाआमा पनि खुसी हुन थाल्नु भयो । उहाँहरुको चाहना पनि छोरा किक्रेटर भन्दा अरु नै बनोस् भन्ने थियो ।” तर अहिलेको सफलताले बुबाआमाको मन पनि आफ्नो तर्फ नै ढल्किन थालेको सागरको भनाइ छ । –सल्लेरीखबर डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D