काठमाडौँ, २५ जेठ । सामाजिक कार्यको लागि सधै तत्पर, अध्ययनशील तथा निरन्तर खटिरहन सक्ने गिरिराज गएको मंसीरदेखि क्यान्सर रोगबाट ग्रसीत छन् । भण्डारीले अहिले ओछ्यानबाट सबैलाई सहयोगको लागि अपिल गरिएको छ । जीवनका उर्जाशील समय सामाजिक कार्यमा खर्च गरेका भण्डारीलाई अहिले उपचारको लागि आर्थीक समस्या परेको छ ।

‘रुपाकोट सेवा सामाज जापान’ द्वारा सहयोग
भण्डारीको उपचारमा सहयोगको लागि गुल्मी लगायात नेपालीहरुले देश भित्र र बाहिर आर्थिक संकलन कार्य गरिरहेका छन् । यसै सन्दर्भमा क्यान्सर पिडित भण्डारीको उपचारको लागि ‘रुपाकोट सेवा सामाज जापान’ द्वारा संकलन गरिएको रकम सहयोग ३,५३,७६५ परिवारलाई प्रदान गरिएको छ । उक्त रकम समाजका अध्यक्ष बिष्णु प्रसाद भण्डारी तथा समाजका संरक्षक बावुराम भण्डारीको विशेष सक्रियतामा जापानमा रहेका सहयोगी दाजुभाई, आफन्त, शुभचिन्तक तथा हितैसीबाट प्राप्त भएको रुपाकोट समाज गुल्मी काठमाण्डौँका कोषाध्यक्ष शंकर भण्डारीले जानकारी गराए ।

साथै अमेरिका र सिंगापुरबाट प्राप्त सहयोग रकम सहित जम्मा ४ लाख १८ हजार ७ सय ६५ रुपैयाँ सहयोग रकम उनको सहयोगार्थ गठित सहयोग समन्वय समितिका संयोजक गोपाल गैह्रे तथा रुपाकोट समाज गुल्मी काठमाडौंका पदाधिकारीले उनको धर्मपत्नी बिमला भण्डारीलाई हस्तान्तरण गरिएको थियो ।