gulminews logo
आईतवार, २०८१ बैशाख १६

गुल्मीकी सीताको क्यानाडामा सफल मुटु प्रत्यारोपण

काठमाडौं, मंसिर २३ । गुल्मी मुसिकोट नगरपालिका, वामीटक्सारकी सीता खरेल सापकोटाको मुटुको सफल प्रत्यारोपण (Heart Transplant) भएको छ। क्यानाडाको टोरन्टो जनरल अस्पतालमा उहाँमा मुटुको सफल प्रत्यारोपण गरिएको हो ।

मुटु प्रत्यारोपण गर्ने यो विधि विश्वमा नै दुर्लभ मानिन्छ । नेपाल र दक्षिण एशियामा अहिलेसम्म शुरु नभएको मुटु प्रत्यारोपण बिश्वका केहि मुलुकका सिमित अस्पतालमा मात्र हुँदै आएको छ।

नेपालमा केहि बर्षदेखि Open Heart Surgery मार्फत मुटुका भल्भहरु फेर्ने उपचार हुँदै आएको भएपनि मुटु प्रत्यारोपण जस्तो दुर्लभ उपचार हुन सकेको छैन । यद्यपी मृगौला र अन्य अंगहरुको प्रत्यारोपण भने हुँदै आएको छ ।

सीता खरेल सापकोटाको दुई दशक अगाडि मुटुको भल्भ फेरिएको र बिगत ४/५ बर्षदेखि अन्य भल्भमा पनि समस्या आएर Heart Failure तर्फ उन्मुख भएपछि उहाँको जीवन रक्षाको एउटै मात्र बिकल्प मुटु प्रत्यारोपण भएको चिकित्सकहरुको निस्कर्ष अनुसार सापकोटा २ बर्ष अघिदेखि Toronto General Hospital मा उपचारका लागि प्रतिक्षा सूचिमा हुनुहुन्थ्यो ।

रोमाकान्त सापकोटा, क्यानडा

अहिले Matching Heart प्राप्त गरी नयाँ जीबन प्राप्त गरेको उहाँका श्रीमान रोमकान्त सापकोटाले जानकारी दिनु भयो। उहाँका अनुसार बिरामीलाई मिल्दो मुटु प्राप्त गर्नु अति नै गाह्रो बिषय हो।

Heart Doner र Heart Recipient को बिचमा धेरै कुराहरु मिल्नुपर्छ । जस्तै Blood group, Exact height र अन्य कुराहरु साँच्चै नै चामत्कारिक संयोगको कुरा भएको उहाँको भनाइ छ । नेपालमा यो उपचार सहज नहुनुमा मुटुदान गर्ने दाताको अभाब नै मुख्य रहेको विज्ञहरुको भनाइ छ।

सीताका श्रीमानका अनुसार मुटु प्रत्यारोपणपछिको झण्डै १ बर्ष पूर्ण Recovery को अवधी हुन्छ।

यो उपचारपछि बिरामीले Anti-rejection Medication भने लिइरहनु पर्ने र हरेक ३/४ महिनामा Rejection को मापन गर्न Heart Biopsy गरिरहनु पर्नेहुन्छ । यसरी मुटुको सफल प्रत्यारोपण हुने सीता खरेल सापकोटा संभवत पहिलो नेपाली हुन । -नेपाल टेलिभिजनबाट

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D