Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
कुवेतमा कार्यरत नेपालीले गरे 'आविष्कार केन्द्र' लाई सहयोग - Gulminews

कुवेतमा कार्यरत नेपालीले गरे ‘आविष्कार केन्द्र’ लाई सहयोग

काठमाण्डौं
कुवेतमा रहेको नेपालीहरुको संस्था “सगरमाथा परोपकारी समाज कुवेत”बाट राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं सामाजिक अभियन्ता महाविर पुनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

सामाखुशी स्थित रातोभाले रेष्टुरेन्टमा एक कार्यक्रम गरी संस्थाका उपाध्यक्ष श्री निम केसीबाट नगद रु १ लाख ६ हजार रकम हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण पछि बोल्दै उपाध्यक्ष केसीले सहयोग रकमले आविष्कार केन्द्रले आगामी दिनमा अझ शसक्त काम गरोस भन्ने कामना व्यक्त गरे ।

त्यस्तै आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले आविष्कार केन्द्रको काम अगाडी बढिरहेको र निकट भविष्यमा यसले गति लिदैं राष्ट्रको प्रतिभा जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सगरमाथा परोपकारी समाज कुवेदले विदेशमा रहेर पनि स्वदेसका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ भने राष्ट्रिय अविष्कार केन्द्र काठमाण्डौंले देशका हरेक क्षेत्रको अनुसन्धान गर्दै ति क्षेत्रमा प्रतिभा जन्माउँदै उनिहरुलाई प्रोत्साहित गर्दै आएको छ ।

उक्त संस्थामा हाल सम्म करिव ६ करोड जम्मा भई गत ६ महिना देखि उद्देश्य अनरुपको काम सुरु गरिएको अध्यक्ष पुनले बताए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D