gulminews logo
बिहीबार, २०८१ बैशाख ६

कुक भिषामा जापान गएका गुल्मीका एक युवाको मृत्यु

गुल्मी, भदौ ०३ । कुक भिषामा जापान गएका गुल्मीका एक युवाको मृत्यु मंगलबार मृत्यु भएको छ । मुसिकोट नगरपालिका वार्ड ९ डाँसिकोट घर भई जापानको ओसाकामा कुकको रुपमा कार्यरत नारायण बहादुर खत्रीको मंगलबार मृत्यु भएको हो ।

३६ वर्षीय खत्रीको उपचारका क्रममा मंगलबार बिहान खत्रीको मृत्यु भएको हो । मृतक खत्री श्रीमती सहित जापान बस्दै आएको पारिवारिक स्रोतले बताएको छ । श्रीमती जापान आएको पनि एक वर्ष पनि पुगेको छैन ।

करिब २ वर्ष अघिमात्र जापान पुगेका खत्री लामो समयदेखि मुटुसम्बन्धी बिरामी रहेको र सो रोगको उपचारकै क्रममै उनको अस्पतालमा मृत्यु भएको हो ।
खत्रीको घरमा वृद्ध बुवा आमा र एक छोरा एक छोरी रहेका छन । खत्रीको आज १९ तारिख बिहिबार जापानमै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D