टोकियो, मार्च ०५ । कुक भिसामा जापान आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् । गुल्मी वामी घर भइ हाल ओसाकाको एक नेपाली रेस्टुरेन्टमा कार्यरत सापकोटा थर भएका उनले मार्च २ तारिख आफू बस्दै आएको कोठाको बाथरुममा झुण्डिएर आत्महत्या गरेका हुन् ।
अन्दाजी ३६ वर्षीय युवक रेस्टुरेन्ट संचालककै कोठामासंगै बस्दै आएका थिए । सापकोटा साँझ करिब ८ बजे मृत फेला परेका थिए । भित्रबाट बन्द गरिएको कोठा ढकढकाउँदा नखोलेपछि प्रहरी बोलाएर खोलेर हेर्दा बाथरुममा झुण्डिएको अवस्थामा उनी मृत भेटिएको सापकोटाका निकटका एक आफन्तले जानकारी दिए ।
मृतक सापकोटाले के कारणले आत्महत्या गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मृतकको व्यक्तिगत विवरण खुलाईएको छैन ।