gulminews logo
शुक्रबार, २०८० चैत्र १६

किन लोभ्याउँछ मन तम्घासले?

अनिल खत्री
गुल्मी, २५ असार । गुल्मी र यतिबेला गुल्मी सरमुकाम तम्घासको चर्चा सबै तिर छ । यहाँको मनमोहक मौसम देखि हरेक हिसाबले तम्घासको महिमा चर्चा धेरै छ । केहि दिन अघि सदरमुकाम तम्घास र रेसुङ्गा क्षेत्रको अबलोकन गरेर फर्किएका नेपाल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाइले तम्घासको चर्चा भएको हो ।

यो पनि पढ्नुस्: हेलिकप्टरबाट खिच्दा यस्तो देखियो गुल्मी तम्घास आसपासको सिन (भिडियो)

गोल्छाले संसार घुम्दा लण्डन र देश चहार्दा तम्घासले लोभ्यायो भन्दै सञ्चार माध्यमको अन्तरवार्ताले तम्घासको चार्चामा छ । गोल्छाले तम्घास र रेसुङ्गा क्षेत्रको अबलोकन पछि तम्घासको मौसम बजार सरसफाईबाट प्रभावितभएको कुरा उल्लेख गरेका थिए ।

त्यो भनाईले यतिबेला गुल्मी सदरमुकाम तम्घास चार्चामा छ । २ नगरपालिका, १० गाउँपालिका र २ निर्वाचन क्षेत्रले बनेको जिल्लाको सरदमुकाम तम्घास हो ।

पक्कै पनि गोल्छाले भने झै तम्घासले यहाँ आउनेलाई लोभ्याउछ । यहाँको सदावहार एउटै खालको मौसम पाइने तम्घास बजार पहाडी क्षेत्रको उपत्यकामा सदरमुकाम रहेको छ । साथमा अझ अग्लो स्थानमा रहेका रेसुङ्गा र अर्जुनको चिसो हावाले यहाँआउने हरुको मन लोभ्याउछ । यहाँको हावापानी देखि बस्ती अबस्थामा पनि मिलेको कारण यहाँ आउने जो कोहिको मन लोभिन्छ ।

तराई र तराइका आसपासका क्षेत्र अत्याधिक मात्रामा गर्मी हुँदा गुल्मी माभने गर्मीको खासै प्रभाव पर्दैन तराईबाट नजिकै गुल्मी रहेकाले पनि गर्मी छल्न गुल्मी तम्घास उत्तम ठाउँको रुपमा पर्दछ । जिल्लामा रेसुङ्गा अर्जुन जस्ता अग्ला पहाडको बिचमा सदरमुकाम तम्घास रहेको छ ।

समुद्री सतहबाट २३ सय मिटर अग्लो शिर रेसुङ्गा र २ हजार मिटरको उचाइमा रहेको अर्जुन डाँडा यहिँ रहेकाले पनि रोजाईम तम्घास पर्दछ । चिसो हावाले मनै लोभ्याउने दृश्य सहित रेसुङ्गा र अर्जुन क्षेत्रको अबलोकन गर्न पहाडी जिल्लामध्ये गुल्मी प्रमुख गनतव्य बनेको छ ।

तराईको जिल्लासँगनजिकै रहेको गुल्मीजिल्ला वुटवलबाट १ सय १५ किलोमिटर पक्की सड्क भएर सदरमुकाम तम्घास आउन सकिन्छ । यहाँ आउन बिभिन्न सवारी साधनहरु पयाप्त मात्रामा पाइन्छन् । सदरमुकाम तम्घाससँगै चिसो हावासँगै रेसुङ्गामा रमाउनपनि तम्घास सबैको रोजाइमा छ । तम्घासबाट रेसुङ्गाजानेहरुकालागि सवारी साधानबाट २५ मिनेटको यात्रा र केहि पैदल यात्रापछि पुग्न सकिन्छ । रेसुङ्गामापुगेर बिभिन्न धार्मिक स्थलको अबलोकन र सुन्दर दृश्यसँग रमाउन सकिन्छ ।

रेसुङ्गामा बस्नेहरुका लागि समितिमार्फत निशुल्क सादाखाना र बस्नको लागिवाँसको व्यवस्थापनिगरिएको छ । रेसुङ्गा क्षेत्र गर्मीसँगै शितलतालिन र अबलोकनगर्न यतिबेलानिकै उत्तम समय रहेको छ । दिउँसोको समयमा छिनछिनमा खुल्ने आकाशदखिने सुन्दर दृश्यले त्यहि बसेर रमाउन मन लाग्ने वातावरण यतिबेलाको मौसमापाउन सकिन्छ । रेसुङ्गाधार्मिक ऐतिहासि र पर्यटकीय महत्वले भरिपूर्ण मानिने क्षेत्र हो ।

यहाँको महिमा महत्व बिचित्र रहेको छ । रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजादशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षितवनक्षेत्र भित्र पर्दछन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् ।

रेसुङ्गा संरक्षितवनको उच्च स्थानमाधवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखलालगायतनौ जिल्लाको दृश्याबलोकनगर्न सकिने भ्यु टावर रहेको छ । यहाँविद्यार्थीहरुको लागि शैक्षिक भ्रमण,होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ ।

रेसुङ्गा वनक्षेत्र यस आसपासको जल आपूर्तिको प्रमुख स्रोतको रुपमा रहेको छ । यस वनक्षेत्रमा रहेका ३ सय ५० भन्दा वढि खानेपानीको मुहान र कुवाबाट वरिपरिका साबिकका ७ गाबिसका ६२ हजार जनसंख्यालाई पिउने पानी र अन्य प्रयोजनका लागि पानी उपलब्ध भइरहेको छ ।

रेसुङ्गा क्षेत्रको कुल क्षेत्रफल १९ हजार २ सय ८१ दशमलव ३७ हेक्टर रहेको छ । यसको ५० प्रतिशतभाग कृषि क्षेत्र र ४१ प्रतिशत भू–भागवनक्षेत्रले ढाकेको छ । यो क्षेत्रले कालीगण्डकी जलाधार अन्र्तगत बडिगाढ खोला रसो अन्र्तगततल्लो छल्दी खोला, जोगीखोला, बलिथुमखोला, रटुकुवा खोलाउप–जलाधारहरु समेटेको छ । ज्ल आफूर्ति,भू–संरक्षण र पर्यापर्यटनको दृष्टिकोणबाट यस संरक्षितवनक्षेत्रमापर्यावरणीय सेवाको प्रशस्त सम्भावना रहेको छ । यस क्षेत्रमा भएका बिभिन्न पानीका मुहान र कुवाहरुको साथसाथै यहाँको उपजलाधारको संरक्षण गरिनु अत्याबश्यक रहेको छ ।

यस क्षेत्रको भू–गर्भ र जलचक्रको अध्ययनभएमाथप सम्भावनाहरु निकाल्न सकिन्छ । यस संरक्षितवनक्षेत्र समुद्री सतहदेखि ५ सय ७५ देखि २हजार ३ सय ४५ मिटर उचाइसम्म फैलिएको छ । प्रशस्तपानी, उर्वरायुक्त माटो साथै जीवजन्तु वनस्पति र जडीबुटीको विभिन्नताले गर्दा यहाँको पारिस्थिकीय प्रणली र बासस्थानमापनिप्रशस्तविविधता पाइन्छ । यहाँ स्थलचर,जलचर,उभयचर आदि सबैकाबासस्थान भेटिन्छन् ।

यो क्षेत्र रतुवा,मृग र चितुवाको राम्रो बासस्थानको रुपमा रहेको छ । यहाँकालिजप्रशस्तै पाइन्छन् । यस रेसुङ्गा क्षेत्रमा टिमुर, चिराइतो, कालीकाफल, सुनखरी, पाषणभेद, आकाशेबली, खमला, हर्रो, बर्रो, गानेगुर्जो, सुगन्धवाल, र अन्य गैरकाष्ठ वन पैदवारहरु पाइएको छ ।

ठूलो घना जंगल रहेको यस क्षेत्रमाकालो ऐसेलु, मजिठो, सतुवा,नागबेली सहित १ सय ६१ प्रजातिका जडीबुटिहरु रहेको डिभिजन वनकार्यालय गुल्मीको तथ्याङ्कमाउल्लेख छ । रेसुङ्गा क्षेत्रमा रहेको वन क्षेत्रमाचितुवा,वन बिरालो, रतुवा, मृग, रातो बाँदर, ढेडु, स्याल, खरायो, लोख्रके जस्ता वन्यजन्तुहरुको बासस्थान रहेको डिभिजन वनकार्यालय गुल्मीको तथ्याङ्कमाउल्लेख रहेको छ ।

धार्मिक तथा ऐतिहासिक क्षेत्र चरा अवलोकनको लागि एक उपयुक्त स्थलको रुपमा रहेको छ । रेसुङ्गासँगैरुरु, अर्जुन, बिचित्र गुफा, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरु प्नि गुल्मीमै छन् । ती क्षेत्रहरुमा पुगेर अझवढि गुल्मीलाई नजिकैबाट नियाल्न सकिन्छ ।

यतिबेला अर्जुन क्षेत्रमा पनि घुम्ने र रमाउने ठाउँ रहेको छ । तम्घासबाट २० मिनेटको यात्रा पछि अर्जुन क्षेत्रमा पुग्न सकिन्छ । यहाँ पनि महिमा बिचत्र रहेको छ । गर्मिसँगै शितलतालिनको लागि पुग्न सकिने ठाउँ अर्जुन रहेको छ । यतिबेला बढ्दो गर्मीमा प्रकृतिसँग रमाउन गुल्मी आउनुहोस् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D