टोकियो । कालीगण्डकी (गुल्मी) समाज जापानको प्रथम भेलाले काशिराम न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति दुर्इं वर्षका लागि चयन गरेको छ ।
आइतबार सम्पन्न समाजको भेलाले वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद न्यौपाने, उपाध्यक्षमा मथुरा पराजुली, महासचिबमा प्रकाश ढकाल, सचिबमा शिशिर न्यौपाने र कोषाध्यक्षमा सन्तोष पौडेललाई चयन गरेको ।
त्यसैगरि कार्यसमितिको सदस्यहरुमा बसन्त ढकाल, देबकुमार थापा,गोबिन्द ढकाल, बिरेन्द्र श्रेष्ठ र शोभा ढकाललाई चयन गरिएको छ । बाँकी चार सदस्यहरुलाई पछि चयन गरिने अध्यक्ष न्यौपानेले जानकारी दिए ।
आयोजक कमिटीका संयोजक कासिराम न्यौपानेको सभापतित्वमा टोकियोको डबका रेस्टुरेन्ट सिनओकुबोमा सम्पन्न भयो । कोरेङ्ग निम्न माध्यामिक विद्यालय खड्गकोटका निबर्तमान प्रधानाध्यापक पुरुषोत्तम ढकालको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन प्रकाश ढकालले गर्नुभएको थियो ।