काम खोज्न हिडेका गुल्मीका एक युवाको दुर्घटनामा मृत्यु

बुटवल, असार–२८ । आज विहान नवलपरासीमा भएको वस दुर्घनामा गुल्मीबाट त्यहाँ काम खोज्न हिडेका एक युवाको मृत्यु भएको खुलेको छ । २१ जना घाइते मध्ये ८ जना सामन्य उपचार पछि डिस्चार्ज भएका छन भने १२ जना घाईतेहरुको उपचार हुँदैछ ।

मृतक लम्साल

आज विहान पौने सात वजेको समयमा नारायणघाटबाट नेपालगञ्जका लागी छुटेको ना ६ ख ९४३८ नम्वरको बस नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीमा दुर्घटना भएको थियो ।

त्यस दुर्घटनामा म गुल्मीको गाउँपालिकका वडा न– ७ घमिर अर्चेङका ३७ वर्षिय गणेश लम्साल रहेका मृत्यु भएको हो । मालिका ७ घमिरका वडाध्यक्ष वेदप्रसाद पन्थीले भने–‘ अँस्ती सम्म यहि देखिन्थे । त्यहाँको एक सिमेन्ट कारखानामा काम गर्न जान्छु भन्दै हिडेका थिए , उनैको दुखत निधन भएको खवरले हामी स्तव्ध छौं । ’

दुर्घटना भएको बस

नवलपरासीका प्रहरी प्रमुख राजेन्द्र भट्टले उनको मृत्यु भएको र २१ जना घाईते मध्ये ८ जना सामन्य उपचार पछि डिस्चार्ज भएका र १२ जनाको उपचार भई रहेको जानकारी दिए । उनका अनुसार ९ जनाको भैरहवा मेडिकल कलेजमा र ३ जनाको वुटवल जेनस अस्पतालमा उपचार भई रहेको छ ।
घाईतेहरु खतारमुक्त रहेका छन । दुर्घटनामा बस चिप्लिएर राजमार्ग देखी २० मिटरको दुरिमा पल्टिएको थियो । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D