gulminews logo
बुधबार, २०८१ बैशाख १२

काङ्ग्रेस रेनपा – १ को अधिवेशन सम्पन्न

गुल्मी, २२ भदौ । नेपाली काङ्ग्रेस रेसुङ्गा नगरपालिका –१ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जिवलाल पन्थीको सभापतित्वमा २७ सदस्यिय वडा कार्य समितिको सर्वसम्मत गठन गरेको छ । जसको उप–सभापतिमा मोतिलाल पन्थी र भागिरथा पौडेल, सचिवमा मोहन श्रेष्ठ र बाबुराम पन्थी, सह–सचिवमा कृष्ण प्रसाद पन्थी र ओम श्रेष्ठ लगायत अन्य सदस्यहरु रहनुभएको छ ।

अधिवेशनले २६ जना क्षेत्रिय प्रतिनिधि पनि चयन गरेको छ । जसमा महेश्वर घिमिरे, राजेन्द्र श्रेष्ठ, जयश्वर पन्थी, कृष्ण प्रसाद पोखरेल लगायत रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले काङ्ग्रेस देश विकासको पहरेदार भएकोले संगठन निर्माण र पार्टी निर्माण अभियानमा जुट्न सबैलाई आग्रह गरे ।

त्यस्तै विशेष अतिथि महाधिवेशन प्रतिनिधि शालिक पन्थीले आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी बन्ने दाबी गरे । साथै अहिले विभिन्न चरणमा चलिरहेको काङ्ग्रेसको अधिवेशन सभ्य रुपमा सफल पार्न पनि उनले सबैलाई अपिल गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D