gulminews logo
मंगलवार, २०८० चैत्र ६

कांग्रेस गुल्मीको सभापतीमा पन्थी निर्वाचित, प्रतिद्वन्दी थापा माथी भारी मतको जीत

सन्जु काउछा
मंसिर १३ । नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् । सोमबार बिहान सार्वजनिक मतपरिणाम अनुसार प्रतिद्वन्द्वी बेद बहादुर थापालाई फराकिलो मतान्तरले पराजित गर्दै पन्थी जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । कुल खसेको १ हजार ६ सय ९३ मत मध्य पन्थीले १ हजार २ सय ७१ मत प्राप्त गरेका छन् भने सभापतीका अर्का उम्मेदवार थापाको पक्षमा भने जम्मा ३ सय ८४ मत परेको थियो ।

महाधिबेशनका लागि १ हजार ७ सय ६६ जना महाधिवेशन प्रतिनिधी रहेकामा शनिबार र आईतवार भएको मतदानमा कुल १ हजार ६ सय ९३ मत खसेको थियो । राम चन्द्र पौडेल पक्षका पन्थी र देउवा पक्षका थापाले जिल्ला सभापतिकाका लागि प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

त्यस्तै २ जना उपसभापतिको लागि भएको निर्वाचनमा अनन्तराम पाैडेल र शिव बहादुर खत्री निर्वाचित भएका छन् । उनिहरुले क्रमश १ हजार १ सय ८७ र १ हजार ३३ मत प्राप्त गरेका थिए । उपसभापतीका अर्का उम्मेदवार झविन्द्र विश्वकर्माले भने ५ सय ८ मत मात्र प्राप्त गरे । उता २ जना नै सचिव पदको लागि भएको निर्वाचनमा भगतसिंह खड्का र जगदीश भट्टराई निर्वाचित भएका छन् । खड्काले १ हजार २२ मत प्राप्त गरे भने भट्टराईले ९ सय ९१ मत प्राप्त गरेका थिए । छवि पाण्डे र धर्मराज पाण्डे सह-सचिबमा निर्वाचित भएका छन् भने सदस्यहरुमा कृष्ण प्रसाद पाेखरेल, धिरेन्द्र केसी, पदम बहादुर बिष्ट, ‌लिलाधर आचार्य र लाेकप्रसाद खरेल निर्वाचित भएका छन् ।

निर्वाचन परिणाम पस्चात गुल्मीन्युज डट कमसँग प्रतिकृया दिँदै पन्थीले आफु माथी ठुलो जिम्मेवारी आईपुगेको र अब आफ्नो कार्यकालमा पार्टीलाई थप मजबुद र एकताबद्द गरेर लाने बताए । “अब सबै साथीहरुलाई मिलाएर पार्टि जनताको चाहना बमोजिम सुदृढ स संगठित बनाएर लैजाने प्रयास गर्छु ।”, पन्थीले गुल्मीन्युजसँग भने, “राम्रो कती गर्छु भन्न त सक्दिन तर कांग्रेसजनको शिर झुकाउने काम गर्दिन र कसैलाई गर्न पनि दिन्न ।”

नेपाली कांग्रेसको ८ औँ जिल्ला अधिवेशनको नेपाली कांग्रेस नेता डा.चन्द्र भण्डारीले शुक्रवार उद्घाटन गरेका थिए । दुबै युवा नेतृत्व रहेकाले कडा प्रतिस्पर्धा हुने धेरैको आँकलन थियो तर मत परीणाम भने ठीक उल्टो आउन पुग्यो ।

देउवा समुहका उम्मेदवारहरुले काङ्ग्रेस गुल्मीको अधिवेशनमा मतदान प्रक्रिया संकास्पद रहेको भन्दै बिरोध जनाएपछी शनिबारको मतदान स्थगित भएको थियो । कालिगण्डकीको गाउँपालिका प्रमुख समेत रहेका बेद बहादुर थापा मगरको आइतबार बिहान पत्रकार सम्मेलन गर्दै जिल्लाभरकै निर्वाचन प्रक्रिया स्थगित गरि पुन:मतदान गर्न माग गरेका थिए । उनले शनिबारदेखि सुरू भएको मतदान प्रक्रियामा सभापतिका अर्का उम्मेदवार खिलध्वज पन्थीले छापामार शैलिमा अधिवेशन गरेको आराेप समेत लगाएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D