काँग्रेस नेता भण्डारीलाई पितृ शोक

गुल्मी, जेठ २७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं संबिधान सभाका साँसद चन्द्र भण्डारीलाई पितृ शोक परेको छ । डा. भण्डारीका पिता ईश्वरी प्रसाद भण्डारीको ८७ बर्षको उमेरमा सोमवार राती १२ बजे आफ्नै निवास रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, शान्तिकुञ्जमा निधन भएको हो ।

स्व.भण्डारीका मिनप्रसाद भण्डारी, डा. चन्द्र भण्डारी, देबीप्रसाद भण्डारी, स्व. फणिन्द्र भण्डारी, हरिहर भण्डारी र डा. शँकर भण्डारी गरी छ भाई छोराहरु र एक छोरी लक्ष्मी भण्डारी हुनुहुन्छ । उहांका दुई श्रीमती हुनुहुन्छ ।

हिन्दु संस्कार अनुसार गरिने काजक्रिया लगायतका अन्य कर्महरु तिलोत्तमा–२ स्थित आफ्नै निवासमा गरिने डा. चन्द्र भण्डारीले जानकारी गराउनु भयो । स्व. भण्डारीलाई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि उहांका आफन्त तथा शुभचिन्तकहरु विहानै देखि निवासमा जम्मा भएका थिए । स्व. भण्डारीको अन्तिम दाहसंस्कार गुल्मी, पाल्पा र स्याङ्जाको संगम पवित्र धार्मिक स्थल रुरु क्षेत्र रिडीमा भैरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ