gulminews logo
शनिबार, २०८१ बैशाख ८

कतारमा अलपत्र ७ नेपालीको उद्धार, शनिवार नेपाल फर्काउने तयारी

कमल पौडेल
२३ भाद्र । कतारमा अलपत्र परेका ७ जना नेपालीको उद्धार गरिएको छ। बुटवलमा घरभै कतारमा वस्दै आएका लिला जिसिको समन्वयमा गुल्मी मदाने का राजेश घर्ति, खोटाङका दिनेश कटुवाल, गंगा बहादुर कटुवाल, विर बहादुर खड्का, सुर्खेतका जीत बहादुर विक भोजपुरका इरज राई र संखुवासभाका पुस्प भारती लाई उद्धार गरिएको हो ।

nepali in qatarउद्धार गरिएका सातै जना शनिवार नेपाल फर्काउने तयारी भएको कतारवाट उद्धारमा संग्लग्न भएका चन्द्र सुर्य प्रकाश शर्माले जानकारी दिनुभएको छ। विभिन्न प्रलोभनमा परि कतार पुगेका सातै जनाको उद्धार गरिएको र यो भन्दा पहिले पनि २० जनाको उद्धारगरि नेपाल पठाइएको जिसिलाई उदृत गर्दै कतारवाट चन्द्र सुर्य प्रकाश शर्माले जानकारी दिनुभएको छ। उद्धार गरिएका सात जना राप्ती प्लेसमेन्ट सर्भिस वाट कतार पुगेको र नेपालवाटै कतार पुगी कम्पनि खोली पाँच महिना सम्म तलव नदिएर अलपत्र परेकाहरुको उद्धार गरिएको शर्माले जानकारी दिनुभएको छ ।

शर्मा तथा जिसिले उद्धारमा सहयोग गर्ने नेपाली राजदुतावास र टिकटको लागी सहयोग गर्ने गुल्मी सेवा समाजलाई धन्यवाद दिनुभएको छ। उद्धार टोलीले नेपालवाट कतार जाने दाजुभाईहरुका लागी कतारको कानुन सहित आवश्यक कुरा वुझेर मात्रै जान आग्रह गरेको छ।
फोटोः उद्धार गरिएका नेपालीहरु (चन्द्र सुर्य प्रकाश शर्मा बाट)

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D