gulminews logo
मंगलवार, २०८० चैत्र ६

एमालेका दुई सचिव ज्ञवाली र विष्टको आरोप: माधव नेपालले गलत बाटो रोज्नुभयो

हुमाकान्त पोखरेल
गुल्मी, ३० भदौ । नेकपा एमालेका दुई सचिव प्रदिपकुमार ज्ञवाली र गोकर्ण विष्टले माधव कुमार नेपालले गलत बाटो रोजेको बताएका छन् । बुधबार सदरमुकाम तम्घासमा आयोजित कार्यक्रता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवाली र विष्टले माधव नेपाले विपक्षिहरुसँग गठबन्धन गरेर एमाले कार्यक्रतालाई धोका दिएको आरोप लगाए । पार्टी अध्यक्ष ओली पक्षका ज्ञवाली गुल्मी निर्वाचन क्षेत्र नम्बर १ का सासंद हुन भने माधव पक्षका विष्ट क्षेत्र नम्बर २ का सासंद हुन् । दुवैजना पूर्व मन्त्री एवम् एमालेका केन्द्रीय सचिव हुन् । माधव नेपालले नेकपा एकीकृत नामको नयाँ दल दर्ता गरेपछि पनि माधव पक्षका विष्ट एमालेमै रहेका थिए ।

विपक्षिहरुसँग मिलेर आफ्नै पार्टीविरुद्ध घेराबन्दी: ज्ञवाली

नेता प्रदिपकुमार ज्ञवालीले माधव नेपालले विपक्षिहरुसँग मिलेर आफ्नै पार्टीविररुद्ध घेराबन्दी गरेको आरोप लगाए । अहिलेको घेराबन्दी अस्थायी भएकोले सूर्य उदाएसँगै गठबन्धनको कुहिरो हराएर जाने उनको भनाई छ । नेकपा एमालेले देशलाई एकढिक्का बनाएर लैजान खोजेपनि पाँच दल मिलेर असफल बनाउने प्रयास गरेको बताए । अहिले पनि एमाले राष्ट्रिय राजनीतिको केन्द्रमा भएको भन्दै उनले एमालेलाई घृष्ण गर्नेहरुको मष्तिष्क तथा माया गर्नेहरुको मुटुमा एमाले रहेको उल्लेख गरे ।

माधव नेपालले धोका दिनुभयो: विष्ट

माधव निकट रहेका विष्टले एमालेलाई एकढिक्का बनाउन माधव नेपालको साथ लागेपनि माधवले नै नयाँ दल दर्ता गरेर आफुहरुलाई धोका दिएको प्रतिक्रिया दिए । पार्टी विभाजन र नयाँ दल दर्ताको विपक्षमा आफुहरुले पटक–पटक आग्रह गर्दा पनि नेपालले नमानेको उनको भनाई छ । राष्ट्रपतिसँग भएको आफ्नो हस्ताक्षर पनि दुरुपयोग भएकाले आफु विपक्षिहरुसँग अदालत नगएको उनको भनाई छ । पार्टीभित्र अन्तरविरोध जहिले पनि हुने तर अन्तरविरोध र विभाजन अलग बिषय भएको उनले बताए । नेपालले दर्ता गरेको नयाा दल सांगठनिक हिसाबले पनि गलत रहेको उनले बताए । नेकपा एमाले गुल्मीले एकताको संदेश दिन एमालेका दुवै पक्षका नेताहरुको उपस्थितिमा कार्यक्रता भेला सम्पन्न गरेका एमाले रेसुङ्गा नगरकमिटी अध्यक्ष हरी पोखरेलले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D