एनआरएन युकेमा झन्डै ३ सय जना सल्लाहकार, २३ जना पत्रकार पनि समितीमा

एनआरएन यूकेको सल्लाहकार समितीको टुंगो लगाएको छ । गत आइतबार बसेको एनआरएन यूकेको बैठकले २ सय ९३ सदस्यीय सल्लाहकार समिती चयन गरेको हो ।

एनआरएन, राजनीतिक संगठनका नेता, सामाजिक व्यक्तित्व, व्यवसायी, युवा र मिडिया क्षेत्रहरुबाट २९३ जना सल्लाहकार छनौट गरिएको एनआरएन युकेले जनाएको छ ।

एनआरएन यूकेले १ सय ४४ जना विभिन्न संघसंस्थाका अध्यक्ष, पदाधिकारी तथा समुदायका अगुवाहरुबाट सल्लाहकार छानेको छ भने १ सय १७ जना एनआरएन, नेपालका राजनीतिक दलनिकट संगठनका नेता, सामाजिक व्यक्तित्व तथा व्यवसायीहरुबाट छानिएका छन् ।

मिडियाको क्षेत्रमा सक्रिय रहेकाहरुबाट २३ जनालाई सल्लाहकारहरु मनोनित गरिएको छ भने युवाहरुको प्रतिनिधित्व गराएर ९ युवालाई सल्लाहकार बनाइएको छ ।

मनोनित सल्लाहकारहरुलाई आउँदो सोमबार अल्डरसटमा हुने कार्यक्रममा एनआरएन केन्द्रीय अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष जीवा लामिछाने लगायतबाट खादा ओढाएर स्वागत गर्ने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D