gulminews logo
बुधबार, २०८१ जेष्ठ ९

एनआरएनए युकेको सदस्यता संख्या झन्डै १४ हजार

ओम थापा काउचा
बेलायत, १ अगस्त । झन्डै १४ हजार जनाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को सदस्यता लिएका छन् ।

संघको सदस्यता लिने अन्तिम समय ३१ जुलाई २०१९ साँझको ८ बजे सम्ममा १३ हजार ८५३ जनाले सदस्यता दर्ताका लागि फारम भरेका थिए ।

‘गैरआवासीय नेपाली संघको जननी, हाम्रो चाहना नेपाल र नेपलीको सुख एवं समृद्धि’ भन्ने उद्घोषका साथ गैरआवासीय नेपाली संघ युकेकोे निर्वाचन १४ सेप्टेम्बेर २०१९ मा हुँदैछ ।
गैरआवासीय नेपाली संघ युकेको सदस्यता बिस्तारको लागि संघले सदस्यता विस्तार समिति तथा राज्य समन्वय परिषद् विस्तार समिति समेत गठन गरेको थियो । संघले सदस्यता दर्ता अनलाईन, इमेल, पोस्ट तथा स्वयम् उपस्थित भएर पनि सदस्यता फर्म भर्न सकिने सहजता तथा सुबिधाको उपलब्ध गराइएको थियो ।

३१ जुलाई २०१९ साझको ८ बजे सम्ममा सदस्यता फारम १३३४३, अनलाईन मार्फत ३१६ तथा पोस्टल एवं राज्य परिषद्बाट प्राप्त १९४ गरि कुल १३८५३ सदस्यता दर्ताको लागि फारम प्राप्त भएको छ । अनलाईन मार्फत सदस्यता दर्ता गर्ने अन्तिम सदस्य चर्चित ब्यारिस्टर देवेन्द्र श्रेष्ठ हुन् ।

३१ जुलाई २०१९ साझको ८ बजे सम्म प्राप्त भएको फारमहरु गैर आवासीय नेपाली संघ युकेको सदस्य हुनेछन् र आउदो निर्वाचन १४ सेप्टेम्बेर २०१९ मा सहभागी हुन सक्नेछन् । त्यस पश्चात प्राप्त भएको सदस्यता फारमहरु संघको सदस्य हुने भएता पनि आउदो निर्वाचन १४ सेप्टेम्बेर २०१९ मा सहभागी हुन सक्ने छैनन् ।

अगस्त १ बाट सदस्यता प्रमाणीकरण शुरु हुने र सदस्यता दर्ता प्रक्रियामा रित नपुगेको, शुल्क प्राप्त नभएको तथा प्राबिधिक प्रक्रिया नपुगेकाहरुलाई सम्पर्क गरि निकट भबिस्यमा प्रथम मतदाता नामावली प्रकाशन गरिने संघले जनाएको छ । प्रथम मतदाता नामावली उपर कुनै सदस्यको सदस्यता उपर संसोधन वा दाबी बिरोध भएमा त्यस उपर छानबिन गरि अन्तिम सदस्यता तथा मतदाता नामावली पुन प्रकाशन गरिने बताइएको छ ।

सदस्यता सम्बन्धि थप जानकारी तथा सूचनाको लागि एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीलाई ०७७८७१९३९२८ वा [email protected] मा सम्पर्क गर्न सकिने बताइएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D