gulminews logo
बुधबार, २०८१ जेष्ठ ९

एनआरएनए युकेको अध्यक्षमा गुल्मीका प्रेम गाहा मगरले उम्मेदवारी घोषणा गरे, यस्तो छ २३ बुँदे घोषणापत्र

ओम थापा काउचा
बेलायत, ८ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको २०१९–२०२१ का लागि हाल उपाध्यक्ष रहेका प्रेम गाहा मगरले आफ्ना ऐजेण्डा सहित अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।

गुल्मीमा जन्मेका गाहा मगरले गैरआवासीय नेपालीका लागि नेपाली नागरिकताको निरन्तरताको विषयमा निरन्तर अभियान चलाउने, गोरखा सैनिकको मुद्दालाई सक्रिय रुपमा अघि बढाउने, वेलायतमा रहेका गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्ति सुरक्षाका लागि अभियान अघि बढाउने र गैरआवासीय नेपालीले नेपालमा गरेको लगानीको सुरक्षामा पहल गर्ने जस्तो महत्वकांक्षी एजेण्डा सर्वजनिक गरेका छन् । त्यस्तै नेपालको पर्यटन विकासका लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने, कल्याणकारी कार्यक्रमहरु संचालन गरिने, गैरआवासीय नेपालीले नेपालमा संचालन गरिरहेको विभिन्न परियोजनामा आर्थिक तथा भौतिक सहयोग गर्ने लगायतका २६ बुँदे महत्वकांक्षी ऐजेन्डासहित गाहाले एनआएनए बेलायतको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उपाध्यक्ष रहेर संघको पूर्णरुपमा इमान्दारीपूर्वक आफ्नो भूमिका निर्वाह गरेका गाहा मगरले संघले दिएको च्यारिटी विभाग यो कार्यकालको सबैभन्दा प्रभावकारी विभाग रहेको बताएका छन् । ‘मेरो नेतृत्वको यो विभागले ऐतिहासिक रुपमा ठूला–ठूला च्यारिटी इभेन्टहरुको सफल आयोजना गरेको तथ्य कसैबाट छिपेको छैन । मैले जुन अनुभव हासिल गरेको छु, त्यसले मलाई अब संस्थालाई सबल नेतृत्व दिन म सक्षम छु भन्ने आत्मविश्वास छ,’ गाहा मगरले भनेका छन्, ‘दुई वर्षे कार्यकालमा च्यारिटी विभागको प्रमुखका रुपमा मैले निर्वाह गरेको भूमिकाको न्यायोचित मूल्यांकनले मात्र पनि मलाई भावी नेतृत्वका लागि लायक ठहर गर्ने नै छ ।’

गाहा मगरको २६ बुँदे घोषणापत्र जस्ताको तस्तै:

‘आदरणीय बुवा आमा दिदी बैनी तथा दाजु भाईहरु !

बेलायत धेरै नेपालीहरु बसोवास गर्ने मुलुक हो । यहा भूतपूर्व गोर्खा र तिनीहरुका परिवार, अध्ययन रोजगार र ब्यावसाय लगायत अन्य अवसरको खोजिमा आएका तथा द्वन्दकालमा विस्थापित भएर आएका लाखौ नेपालीहरु बसोबास गर्दछन् । बेलायतमा नेपालीहरुको जनसंख्या बर्षेनी उच्चदरले बढिरहेको छ । यहाँ नेपालीहरुको जनसंख्या मात्र बढेको छैन उनीहरुका सम्भावना, सरोकार र समस्याहरु पनि बढिरहेका छन् ।

हुन त बेलायतमा बस्ने नेपालीहरुको हकहितका लागि कार्य गर्ने क्षेत्रीय, जातीय, राजनीतिक, ब्यवसायिक तथा अन्य सयौ नेपाली संघ संस्थाहरु छन् । तर विश्वब्यापी सन्जाल भएको, नेपालको कानुन तथा राज्यले मान्यता दिएको, गैरआवासीय नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ नै सबै नेपालीहरुको लागि समान रुपमा कार्य गर्ने एक मात्र संस्था हो । यस संस्थाबाट बेलायतमा बस्ने आम नेपालीको धेरै आसा र भरोषा गरेका छन् । अतः गैरआवासीय नेपाली संघ (एनआरएनए युके) बेलायतले यहाँका नेपालीहरुले आसा गरे जस्तै कार्य गर्न सफल भएको छ की छैन मुल्याङ्कन गर्ने बेला भएको छ । तर,एनआरएन युकेलाई थप चुस्त र दुरुस्त राख्न तथा यसको लक्ष्य प्राप्तिका लागि यो संस्थालाइ थप प्रभावकारी बनाउन अत्याबस्यक भएकोे छ ।

गैरआवासीय नेपाली संघको जन्म बेलायतबाट भएको हो । त्यसैले बेलायतलाइ कमजोर हुने छुट छैन । यसका लागि बेलायतको एनआरएनलाई मौलिक रुपमै परिवर्तन गरेर एक सशक्त र प्रभावकारी बनाउने मौलिक दृष्टीकोण सहितको नेतृत्व आवस्यक भएको छ । गैरआवासीय नेपाली संघ बेलायतको आठौं कार्यकाल ( सन् २०१९ देखि २०२१) को अध्यक्ष पदमा मेरो उम्मेदवारी यसैका लागि भएको हो । म प्रभावकारी एनआरएनको दृष्टीकोण (भिजन) लिएर आएको छु ।

गैरआवासीय नेपाली संघ बेलायतको आठौं कार्यकाल (सन् २०१९ देखि २०२१) को अध्यक्ष पदमा मेरो उमेदवारको रुपमा मेरा प्रतिवद्धताहरु
१-गैरआवासीय नेपालीका लागि नेपाली नागरिकताको निरन्तरताको विषयमा निरन्तर अभियान चलाइने छ । नेपालको नागरिकता सम्बन्धी ऐन, सम्बन्धीत नियमावली तथा संविधानमा भएका व्यवस्थाहरुका सम्बन्धमा विज्ञहरुका मार्फत् आवस्यक छलफल, अन्र्तक्रिया तथा अध्ययन अनुसन्धान गरी गैरआवासीय नेपालीहरुको साविकको नेपाली नागरिकताको निरन्तरताका लागि नेपाल सरकारलाई दवाब दिने कार्य गरिने छ । नागरिकताको निरन्तरताका लागि बाधा मानिएका कानुनहरुको खारेजी तथा नागरिकता निरन्तरताका लागि आवस्यक कानुनी तथा प्रसाशनिक बन्दोबस्तीका लागि अन्तराष्ट्रिय समन्वय परिषद् तथा संसारभर रहेका गैरआवासिय नेपालीहरु संग समन्वय गरि प्रभावकारी अभियान चलाइने छ ।

२-निवृत गोर्खा शैनिक तथा तिनीहरुका परिवारहरु, तत्कालिन नेपाल सरकारले बेलायती सरकारसंग सम्झौता गरि पठाएका नागरिक र तिनिहरुका परिवारहरु भएकाले, गोर्खाहरुको नागरिकता नखोस्न नेपाल सरकारसँग माग गरि सशक्त अभियान चलाइने छ । गोर्खाली सेनामा सेवा गरेका नेपालीहरुको समान पेन्सन तथा क्षतिपूर्तिलगायत गोर्खा आन्दोलनको पक्षमा कार्य गरिने छ ।

३-गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिका सन्दर्भमा त्यसको भोगचलन, बेचविखन, अंश पाउने तथा हस्तान्तरण गर्ने लगायतका सन्दर्भमा स्पष्ट कानुनी व्यवस्था गर्न अभियान चलाइने छ । नेपालमा गैरआवासीय नेपालीले घर जग्गा किन बेच गर्दा गैरआवासीय नेपाली र अन्य नेपालीहरुका विचमा प्रशासनिक प्रकिृयामा वाकर तथा दस्तुरमा भएका भेदभाव जन्य ब्यावस्थाहरु हटाइ कानुनी तथा प्रसाशनिक सरलता ल्याउन पहल गरिने छ ।

४-नेपालमा लगानी भित्राउने तथा गैरआवासिय नेपालीहरुको नेपालमा भएको लगानीको सुरक्षाका लागि विशेष पहल गरिने छ । लगानीका सन्दर्भमा केवल ठूला र धनी व्यवसायीले मात्र अवसर पाएको सन्दर्भमा कम आम्दानी भएका गैरआवासीय नेपालीहरुलाई समेत लगानीका अवसर जुटाइने छ ।

५-नेपालमा प्रर्यटन प्रबद्धन गर्ने सम्बन्धमा नेपालमा पर्यटन पूर्वाधारको विकास तथा बेलायतमा त्यसको प्रचार–प्रसारका लागि विभिन्न कार्यक्रमको आयोजना गरिने छ ।

६-नेपालमा तथा बेलायतमा रहेका नेपालीहरुको कल्याणका लागि विभिन्न सामाजिक तथा कल्याणकारी कार्यक्रमहरु संचालन गरिनेछ ।

७- लाप्राक नमुना बस्ति लगायतका गैरआवासिय नेपाली संघका सबै परियोजनाहरुमा बेलायतका तर्फबाट निरन्तर रुपमा आवस्यक आर्थिक भौतिक तथा प्राविधिक सहयोग गर्दै सशक्त रुपमा सहभागि जनाइने छ ।

८-गैर आवासिय नेपाली संघ बेलायतलाइ बेलायतमा बसोवास गर्नेसबै नेपालीको साझा संस्थाको रुपमा विकास गरिने छ । गैरआवासिय नेपाली संघ बेलायतमा, वेल्स, स्कटल्याण्ड तथा नर्दन आयरल्याण्डलाई मुल प्रवाहमा समेट्दै इग्ल्याण्ड भित्र पनि मिडल्याण्ड लगायत लण्डन बाहिरका क्षेत्रमा रहेका नेपालीहरुलाई संगठित गरि मूल प्रवाहमा ल्याइने छ । गैरआवासिय नेपाली संघ बेलायतले संचालन गर्ने गतिविधि तथा कार्यक्रमहरुलाइ लण्डन बाहिरका सहरहरुमा समेत आयोजना गरिने छ ।

९ -संगठनको संरचनामा परिबर्तन भएपछि गैरआवासीय नेपाली संघ बेलायतबासी सबै नेपालीहरुको साझा संस्था भएको महशुस हुने हुँदा यससंगठन प्रति आम नेपालीको आस्था र विस्वास बढ्ने छ । तदनुरुप आगामी २ बर्षमा यसको पन्जिकृत सदस्य संख्या २० हजार भन्दामाथि पुर्याइने छ । यसका लागि गैरआवासीय नेपाली संघका सदस्यहरुलाई विभिन्न छुट तथा सहुलियत दिलाउने छ भने सदस्यता सधै खुला गरिने छ ।

१०- गैरआवासीय नेपाली संघ, यसका सदस्य तथा पदाधिकारीहरु र समुदायका विचको सम्बन्ध अझै घनिष्ट बनाउने तथा उनीहरुलाई आवस्यक पर्ने परामर्श, सहयोग सहज रुपमा उपलब्ध गराउनका लागि गैरआवासीय नेपाली संघ बेलायतको कार्यालय स्थापना गरि एक पूर्णकालिन कर्मचारीको व्यवस्था गरिने छ ।

११-गैरआवासीय नेपाली संघ बेलायतको आपतकालिन राहात कोषलाई आगामी २ बर्षमा ५० हजार भन्दा माथि पुर्याइने छ । यसका लागि बेलायतमा भएका नेपालीहरुका संघसंस्थाको सहयोगमा विभिन्न गतिविधीहरु गरिने छ । नेपालको कला र संस्कृति तथा खेलकुद र अन्य क्षेत्रको अभिबृद्धिका लागि नेपालबाट त्यो क्षेत्रका प्रसिद्ध तथा प्रबुद्ध व्यक्तिहरुलाई आमन्त्रण गरि बेलायतका विभिन्न सहरहरुमा विभिन्न गतिविधि गरि कोष संकलन गरिने छ ।

१२ -बेलायतमा रहेका सबै नेपालीहरुको सपनाको घर नेपाल हाउस निर्मार्ण परियोजनालाइ ब्युताइने छ । यसका लागि सेयर वितरण लगायत लगानी जुटाइने उचित उपाय अपनाइने छ । भने नेपालबाट हिन्दु तथा बौद्ध धर्मका धर्म गुरुहरुलाई आमन्त्रण गरि आध्यात्मीक जागरण तथा नेपाल हाउसका लागि लगानी जुटाइने छ ।

१३- बेलायती सेनामा घाइते भएका तथा अपाङ्गता भएका अन्य नेपालीहरुको भेला आयोजना गरी अपाङ्गता वा फरक क्षमता भएका ब्याक्तिहरुप्रतिको समाजको नजरलाइ परिवर्तन गर्न ‘हेल्प फर हिरोज’ संगको सहकार्यमा लण्डनको प्रसिद्ध रोयल अल्वर्ट हलमा एक विशेष कार्यक्रमको आयोजना गरिने छ । जस्मा बेलायतको राजपरिवारको सहभागिताका लागि पहल गरिने छ ।

१४ -बेलायतको नेपाली समुदायमा रहेका बौद्धिक तथा ब्यवसायिक ब्यक्तीहरुलाई गैरआवासीय नेपाली संघको मूल प्रवाहमा ल्याउँदै सस्थाको विकास तथा यसको उदेश्य अनुरुपका कार्य गर्नका लागि विशेषज्ञका रुपमा सहभागी गराइने छ । यसका लागि विशेषज्ञ समूहको निरन्तर भेला तथा अन्र्तकृया कार्यक्रमको आयोजना गरी संस्थाका परियोजना तथा नेपाल र नेपालीको विकासका लागि आवस्यक पर्ने ज्ञान, सीप र अनुभव (स्कील ट्र«ान्फर) गर्नका लागि पहल गरिनेछ ।

१५- बेलायतमा रहेका नेपाली युवाहरुमा खेलकुद, कलाकारिता वा अन्य प्रसस्तै प्रतिभा तथा सम्भावनाहरु छन् । तिनीहरुलाई प्रोत्साहन गर्न विभिन्न ट्यालेन्ट सो तथा प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गर्ने । उनीहरुको क्षमता विकासका विभिन्न तालिम तथा प्रशिक्षणका लागि बाहृय प्रतियोगिता हरुमा सहभागिताका लागि समन्वय गरिने छ ।

१६-बेलायतमा अध्ययनका लागि आउने नेपाली विधार्थीहरु तथा यहाँ अध्ययन रत नेपाली विधार्थीहरुको हितका लागि कार्य गर्र्न िवधार्थीहरु मध्यबाटै स्टुडेन्ट हेल्प डेस्क स्थापना गरि उनीहरुको समस्याको सुनुवाइ गर्ने, उनीहरुलाइ आवस्यक सल्लाह र सुझाव दिने तथा सहयोग पुर्याउने कार्य गरिने छ ।

१७- बेलायतमा रहेका नेपाली बृद्धबृद्धा (बाबा आमा) हरुका लागि अत्याबस्यक सेवाहरु अस्पताल, जिपी, काउन्सील अफिस लगायतमा आवस्यक सहयोग पुर्याउन दोभाषे तथा अन्य स्यम्सेवीको व्यवस्था गरिने छ । समुदायमा रहेका युवाहरुलाई स्वयंसेवकको रुपमा कार्य गर्न प्रेरित गरी नेपाली बाबा आमाको सहयोगका लागि परिचालित गरिने छ ।

१८- गैरआवासीय नेपाली संघ बेलायतले अहिलेसम्म पनि समेट्न नसकेका बुद्धिजीवी, युवा, विद्यार्थी, महिला, खेलाडी, कलाकार, मिडियाकर्मी, विभिन्न पेशाकर्मीहरु सहित सबैलाई संस्थामा आकर्षित र आबद्ध गराउन आवश्यक विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने छ ।

१९- बेलायतमा नेपालीहरुबाट सञ्चालित विभिन्न व्यवसायहरुको प्रबद्र्धनका लागि कार्य गरिने छ ।

२० -बेलायतबाट सञ्चालित नेपाली मिडियाहरुको विकास तथा स्तरोन्नतीका लागि पत्रकार महासंघ बेलायतसंग सहकार्य गरि विशेष कार्यगरिने छ ।

२१- गैरआवासीय नेपाली संघका सम्पूर्ण नीति तथा कार्यक्रमहरुको सफल कार्यान्वयनका लागि विभिन्न विभागहरु गठन गरेर जिम्मेवारी विभाजन गरिने छ । सम्पूर्ण विभागहरुलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण सिर्जना गरिने छ । साथै राष्ट्रिय समन्वय परिषदले नियमितरुपमा सम्पूर्ण विभागहरुको प्रगति विवरण हेर्ने, मूल्यांकन गर्ने र आवश्यकता अनुसार सुझाव तथा निर्देशन दिने कार्य गर्नेछ ।

२२ -गैरआवासीय नेपाली संघ बेलायतका सम्बन्धमा आम नेपाली समुदायमा रहेका विभिन्न गुनासा, असन्तुष्टीहरुको सम्बोधन गर्न एक छुट्टै कार्यदल बनाइने छ । समुदायको भावना अनुसार संस्थालाई अघि बढाउन तत्काल आवस्यक सुधार गरिने छ । यसको काम गर्ने तरिका तथा विभिन्न कार्यक्रम अनावस्यक आसन भाषण र आभूषण कम गरि कार्यक्रमहरुको ब्ययभार घटाउने कार्य गरिने छ ।

२३- नेपाल र नेपालीको हितमा कार्य गर्न लण्डनस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ बेलायतबीचको समन्वय र सहकार्य गरिने छ ।

२४ -नेपालीहरुमाझ मात्र नभएर बेलायती र अन्य गैरनेपाली समुदायमा समेत नेपाली भाषा, कला, संस्कृति प्रवर्धन गर्न तथा नेपाली व्यवसाय र नेपाली सामग्रीहरु तथा नेपालको पर्यटन प्रबद्र्धन गर्न, बेलायतमा रहेका स्थानीय नेपाली संघसंस्थाहरुको सहकार्यमा हरेक वर्ष बेलायतका विभिन्न ठाउँमा नेपाल एनआरएन महोत्सवको आयोजना गरिनेछ ।

२५- गैरआवासीय नेपाली संघको आर्थिक क्रियाकलापलाई थप पारदर्शी बनाइने छ । यस सस्थाका विभिन्न निकायमा कार्यरत पदाधिकारी तथा सदस्यहरु, अग्रज तथा पूर्वपदाधिकारीहरु तथा सल्लाहकारहरुको मेलीङ्ग लिष्ट तयार पारी गैरआवासीय नेपाली संघ बेलायतको गतिविधीहरु मासिक रुपमा अद्याबधिक गर्ने प्रचलनको सुरुवात गरिने छ ।

२६ – गैरआवासीय नेपाली संघ बेलायतका अग्रजहरु यहाँको बौद्धिक तथा व्यवसायीक समुदायको सल्लाह र सुझाबमा थप कार्यक्रम तथा योजनाहरु निर्माण गरि कार्यान्वयन गरिने छ ।
आदरणीय बुवा आमा दिदी बैनी दाजु भाईहरु !

माथि मैले केबल मेरा प्रतिबद्धताहरु मात्र प्रस्तुत गरेको होइन तिनीहरु एनआरएनमा मेरो नेतृत्वमा गर्नै पर्ने कार्यहरु हुन । म यहाँहरुलाई विश्वास दिलाउन चाहान्छु, यी कार्य सम्पन्न गर्नका लागि म पूर्ण रुपमा तयार र योग्य छु । विगतमा आर्जन गरेको अनुभव, ज्ञान, सीपलाई सदुपयोग गर्दै गैरआवासीय नेपाली संघ बेलायतलाई एक सबल, गतिशिल र दुरदर्शी नेतृत्व प्रदान गर्ने मेरो यो दृढ सकल्प यहाँहरु समक्ष प्रस्तुत गरेको छु ।

अहिले म गैरआवासीय नेपाली संघ बेलायतको उपाध्यक्षका रुपमा काम गरिरहेको छु । उपाध्यक्षको रुपमा मलाइ दिइएको जिम्मेवारी पूर्णरुपमा निर्वाह गरेको र गरिरहेको छु । अन्य उपाध्यक्ष सरह मलाई दिइएको च्यारिटी विभाग यो कार्यकालको सबैभन्दा प्रभावकारी विभाग हो । मेरो नेतृत्वको यो विभागले ऐतिहासिक रुपमा ठूला–ठूला च्यारिटी इभेन्टहरुको सफल आयोजना गरेको तथ्य कसैबाट छिपेको छैन । मैले जुन अनुभव हासिल गरेको छु, त्यसले मलाई अब संस्थालाई सबल नेतृत्व दिन म समर्थ छु भन्ने आत्मविश्वास छ । दुई वर्षे कार्यकालमा च्यारिटी विभागको प्रमुखका रुपमा मैले निर्वाह गरेको भुमिकाको न्यायोचित मूल्यांकनले मात्र पनि मलाई भावी नेतृत्वका लागि लायक ठहर गर्ने नै छ ।

गैरआवासीय नेपाली संघमा आउनुपूर्व नेपालको राष्ट्रिय खेलाडीको रुपमा नेपालको सेवा गरेको हुँ । मैले बेलायती सेनाको एक सिपाहीका रुपमा समेत सेवा गरेको छु । व्यवसायिक रुपमा कार्य गरेको अनुभब लगायतका आधारमा म नेपाल र नेपालीलाइ मात्र बुझेको छैन बेलायत र यहाँ रहनु भएका हामी सबै नेपालीहरुका समस्यालाइ नजिकबाट बुझेको छु । ती समस्याहरुलाई समाधान गर्दै हाम्रो समुदायको उज्वल भविष्य देखाउने दृष्टीकोण (भिजन) लिएर म आएको छु ।

बेलायतमा नेपालीको नयाँ पुस्ता तयार भैरहेको छ । हामी पछाडिको त्यो पुस्तालाइ हामीसँगै हिडाउँने चुनौती हाम्रो अगाडी छ । यदि साच्चिकै बेलायतमा नेपालीहरुको लागि कार्य गर्ने हो भने वा बेलायतमा सधै नेपाली भएर बाँच्ने हो भने यो तन्नेरी पुस्तालाइ मूल प्रवाहमा ल्याउन अत्यन्तै जरुरी छ । नेपाल र नेपालीको पहिचान, सस्कृती र सभ्यताको उनीहरुमा हस्तान्तरण मात्र होइन, उनीहरु मार्फत् त्यसको सम्बर्धन तथा संरक्षण गर्नुपर्ने हुन्छ । गैरआवासीय नेपालीको अभियानमा विविध कारणले म युवाहरुसँग धेरै जोडिएको छु । मेरो पुस्ता भन्दा माथिल्लो पुस्ता अर्थात् बेलायतमा भएको पाको नेपाली पुस्ताको आर्शिवाद मलाइ प्राप्त छ । मेरो पुस्ताका तमाम साथीहरुसँग त म काम गरिरहेको छु अत : म सबै पुस्ताका नेपालीहरुसँग जोडिएको तिनीहरुको सहि अर्थमा प्रतिनिधित्व गर्न सक्षम व्यक्ति हुँ ।

माथिका प्रतिबद्धताका अलावा मैले गैर आवासीय नेपाली संघ बेलायतका अग्रजहरु, यहाँका बौद्धिक तथा व्यसायिक ब्यक्तित्वहरुको सल्लाह र सुझावलाइ सदा शिरोपर गर्दै कार्य गर्ने छु । म एक इमानदार, कर्तव्यनिष्ठ सेवकको रुपमा नेपालीहरुको विचमा कार्य गर्न पाउने आसाका साथ आएको छु । गैरआवासीय नेपाली संघ बेलायतको आठौं कार्यकाल (सन् २०१९ देखि २०२१) को अध्यक्ष कार्य गर्ने अभिमतका लागि तपाइहरु सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।’

धन्यवाद
प्रेम गाहा मगर
अध्यक्षको उमेदवार

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D